नेपालगंज :

सरकारले हिजो मात्रै पुनः दस दिन लकडाउन थपेको छ । बैशाख १५ गते अर्थात आज सम्म थपेको लकडाउन पुनः थप गरेर बैशाख २५ सम्म सरकारले पुर्याउने निर्णय गरेको छ । तर नेपालगन्जमा भने विहान ६ बजे देखि साझ चार बजे सम्म बजारको चहलपहल बढिरहेको छ ।
बिश्वजगतलाई नै त्रसित बनाइरहेको कोरोना भाइरस (कोभिड १९) ले नेपाल लगायत बिश्वका अधिकाश देशलाई लकडाउनको बाध्यतामा पारेको छ ।
विश्व स्वास्थ्य संगठनले लकडाउन बाट परेको प्रभाव र नेपालले कोभिड १९ लाई नियन्त्रणमा राखेकै कारण अति उच्च जोखिमको सुचिबाट जोखिमको सुचिमा झारेको छ तर नेपालगन्जमा लकडाउनको अवस्था पछिल्ला दिनमा भने खुकुलो हुँदै आएको छ ।
हुनत लामो समय सम्मको लकडाउन पछि आर्थिक तथा भोकमरीको समस्या देखा पर्न थालेको अवस्थामा कोरोना संक्रमण नदेखिएको स्थान वा जिल्लामा केही खुकुलो बनाउनु पर्ने धारणा समेत राख्दै आएका बेला नेपालगन्जको अवस्था भने आजभोलिका दिनमा लकडाउन अलिबढी नै खुकुलो भएको केही सर्वसाधारणले समेत गुनासो गर्दै आएका छन् ।
तर नेपालगन्जमा नेपालगन्जबासिले लकडाउनलाई पुर्ण रुपमा पालना नगरेको दृश्य बजारमा देखिदै आएको छ ।
हेर्नुस केही दृश्य :















