बिपतमा स्थानीय सरकार : कालोबजारी सहन सकिदैन

बिपतमा स्थानीय सरकार : कालोबजारी सहन सकिदैन

चीनको एउटा प्रान्तबाट शुरु भएको कोरोना भाईरस (कोभिड १९) को संक्रमणले विश्वलाई आक्रान्त बनाएको छ ।

कोरोना भाइरसको महामारी संग विश्वका शक्तिशाली राष्ट्र समेत घुडा टेकि रहेका छन् । कुन बेला कोरोनाको सिकार भइने हो पत्तो छैन । देशमा लकडाउन सुरु भएपछि सरकारले जनता बचाउने अभियान स्वरुप विभिन्न क्रियापलापहरु गर्दे आएको पाइन्छ ।

संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारले कोरोना भाइरसबाट जोगिन र जनतालाई भोक भोकै मर्न नदिन विभिन्न योजना ल्याएर कार्यनयन समेत गर्दे आएका छन । यस्तो विषम परिस्थितीमा जानकी गाउँपालिका वसा नम्बर ६ ले कसरी जनताको माझमा काम गरिरहेको छ भनेर नागरिक समाजकर्मी रामु ओलीले वडाध्यक्ष सुरेश अहिर सँग गरिएको कुराकानि प्रस्तुत गरेका छौ ।

वडाध्यक्ष ज्यु लकडाउनमा तपाईहरुले कसरी काम गरिरहनुभएको छ ?

सबै भन्दा पहिले हामिले वडामा सरकारले आह्वान गरेको लकडाउनलाई पालना गराउन हर सम्भावको कोसिस गरेका छौ । लकडाउनबाट हाम्रो वडाबासिमा खाद्यान्नको अभाव नहोस् भनेर हर सम्भवको कोसिस गरेका छौँ । र वडाको साधारण कामहरु अहिले रोकिएको छ भने वडाबाट गर्नुपर्ने सम्पुर्ण अत्यावश्यक काम कामकारबाहीमा भने कुनै रोकावट छैन ।

स्थानिय नागरिकहरुलाई रोग तथा संक्रमण नहोस भनेर के गर्दै हुनुहुन्छ ?

हामीले कोरोना संक्रमणको सुरुवातका दिन देखै नै वडामा सचेतना फैलाउने कार्यलाई तिब्रता दिदै आएका थियौ भने पछिल्ला दिनमा हेल्प डेस्क स्थापना गरेर , साबुनपानीले हात धुने ब्यवस्था गरेर र विभिन्न संचार / सुचनाका माध्यमद्वारा जनतालाई कोरोना भाइरस र यसबाट कसरी बच्न सकिन्छ र कसरी सामाजिक दुरि कायम गर्ने भन्ने कुरामा वडा गम्भीर भएर लागेको थियो र अहिले पनि लागेको छ ।

हामिले यस समयमा पनि निकै चनाखो भएर काम गरिरहेका छौं । वडाबासीहरुलाई क्वारेन्टाइन पुर्‍याउने देखि लिएर वडाबासिलाई सामाजिक दुरि कायम गर्ने सम्मका कुरामा हामी निकै सजग छौ ।

वडामा खाद्यान्न तथा तरकारीको अभाव हुन नदिन केहि प्रयास गर्नुभयो कि भएन ?

हामिले वडामा खाद्यान्नको अभाव हुन नदिन वडामा रहेका निम्न बर्गका र अति बिपन्न बर्गका समुदाय र परिवारको तथ्यांक संकलन गरेर खाद्यान्न समस्या समाधानको लागि हामिले काम गरिरहेका छौँ र पहिलो चरणको राहत वितरणको काम पनि सकि सकेका छौ भने अब छुटेका अन्य वडाबासीको तथ्यांक लिएर हामिले पुनः दोस्रो चरणको राहत वितरणको कार्यमा पनि हामी कृयासिल रहेका छौ जे जसरी हुन्छ हामिले वडाबासीलाई खाद्यान्न संकट पर्न दिदैनौ ।

यसरी लकडाउनको बेलामा काम गरिरहदाँ चुनौति कत्तिको छ ?

चुनौती छ धेरै नै छन तर पनि यहि चुनौतिका बिच हामिले जनताको सेवा गर्ने हो र यस महामारिबाट बच्न वडाबासीले मात्रै होइन सम्पुर्ण नेपालीहरुले एक आपसमा हातेमालो गरेर यो समयबाट मुक्त हुन जरुरी छ । त्यसैले हामिले यो समयमा अलिबढी खटिएर वडाबासीलाई सेवा दिनमा लागि परेका छौँ । अन्य कुरालाई थाती राखेर भएपनी हामिले यो कोभिड १९ को जोखिमबाट बच्न हरेक तह र तप्कामा लुगेर काम गरिरहेका छौ । राहतको काममा केही विवाद र समस्या उत्पन्न भएपनी हामिले त्यसलाई सहजीकरण गरेर समस्या समाधान तर्फ लगेका छौ । यहाँ राहत आवश्यक नहुने ब्यक्ति र परिवार राहतको लागि आशा गरेका छन् जसले केही समस्या पारेको छ जसलाई हामिले यथार्थ बुझेर राहत वितरणको ब्यवस्थापन गरेका छौ । र यसरी गर्दा गर्दै पनि कोहि छुट्नु भएको छ उहाहरुको लागि हामिले राहतको ब्यवस्थापन गर्दै छौ ।

लकडाउनलाई खुकुलो बनाउन आवश्यक छ कि छैन ?

सरकारले आव्हान गरेको लकडाउन हो र जबसम्म यो कोरोना भाइरसको महामारी कम हुदैन लकडाउनलाई खुकुलो बनाउनु भन्दा पनि अझ कडाइ गर्नु पर्छ जस्तो लाग्छ तर केही वडाका भौतिक निर्माणका केही ठेक्का लागिसकेका आयोजनाहरुमा भने काम सुचारु गर्न सके महामारीका बिच अर्थतन्त्रलाई समेत मजबुत हुने र वडाको बिकास निर्माणको काम पनि हुने छ त्यसैले त्यता तर्फ सोच्नुपर्ने छ ।

वडामा हुने खाद्यान्न तथा अन्य सामाग्रीमा हुने कालोबजारीको बारेम कस्तो छ तपाइको अनुगमन ?

हामिले अस्ति मात्रै कालोबजारी गर्ने एकजनाको ठूलो मात्रामा मेघाश्री बरामद गरेका छौ । र त्यस्तो उजुरी आएको खण्डमा र उजुरी नआए पनि हामी वडाका जनप्रतिनिधि बजार अनुगमन गर्दै आएका छौ र मैले सबैलाई कालोबजारी नगर्न अनुरोध गरेको छु यस्तो अवस्थामा कालोबजारी सहन सकिदैन त्यसैले त्यस्ता लाई हामिले छोड्ने कुरा नै हुदैन ।

प्रतिक्रिया