विपतमा स्थानिय सरकार : विबाद रहित राहत वितरण गरेका छौ

विपतमा स्थानिय सरकार : विबाद रहित राहत वितरण गरेका छौ

कोरोना भाईरस (कोभिड १९) को त्रासले विश्वमा हलचल मच्चाइदियो । आक्रान्त बनाएको छ । कोरोना भाइरसहरुको एउटा समूह हो । यसले मानिसलाई सामान्य रुघाखोकीदेखि लिएर घातक संक्रमणसम्म गराउन सक्छ ।

चिन बाट सुरु भएको संक्रमण अहिले विश्वमा तिव्र गतिमा फैलिरहेको छ । नेपालकै कुरा गर्नुपर्दा पनि कोभिड १९ कै कारण एक महिना अघिदेखी देस पुरै लकडाउन छ । लकडाउनका कारण देशको अर्थतन्त्रमा ठुलै हलचल मच्चाइदिएको छ । आर्थिक रुपले मात्रै नभएर शैक्षिक, स्वास्थ लगाएत विकास निर्माणका थुप्रै कुराहरुमा पछाडि परिरहेको छ ।

यस्तो अवस्थामा जनतासंग प्रतक्ष सरोकार राख्ने स्थानिय सरकारले कसरी जनताको माझमा काम गरिरहेको छ भनेर नागरिक समाज डटकमले अभियानमुखि बिपतमा स्थानिय सरकार ः भनेर केहि दिन अघि स्थानिय सरकार प्रमुख तथा जनप्रतिनिधिलाई भेटेर कुराकानी गरिहरेको छ । आज बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ४ ले बिपतमा कसरी काम गरेको छ भनेर नागरिक समाजकर्मि खगेन्द्र दाहालले वडाध्यक्ष तिलकविर सुनारसगंको अन्तर्वार्ता ।

वडाध्यक्ष ज्यु लकडाउनमा तपाईहरुले कसरी काम गरिरहनुभएको छ ?

लकडाउनको समयमा जन प्रतिनिधिहरु आफुहरु सुरक्षित हुदै जनतालाई पनि शुरक्षित हुन आफ्नो स्थानमा होम क्पारेन्टाइनमा बस्न आग्रह गर्दे जनताको सेवा गरिरहेका छौ । लकडाउनको समय लम्बिदै गएकाले यस बाट जनताले भोगिरहेको समस्यालाई बुझेर आवश्यकताको आधारमा राहत प्रदान गर्ने, अनुगमन गर्ने, कार्यलयमा नगरी नहुने महत्वपुर्णकामहरु गर्ने, कोरोना भाइरसको संक्रमण बाट जोगिन अपनाउनुपर्ने कुराहरुका बारेमा जनतालाई सचेतिकरण गर्ने लगाएतका काम भैरहेको छ ।

स्थानिय नागरिकहरुलाई रोग तथा संक्रमण नहोस भनेर के गर्दे हुनुहुन्छ ?

सर्वप्रथम त हामिले जनता जोगाउनु पर्छ भन्ने लागेरै लकडाउनको पुर्ण रुपमा पालना गरिरहेका छौ । सरकारले गरेको निर्णयलाई आत्मसाथ गर्दे जनतालाई यसबारेमा बुझाउने, सुरक्षित रहन गर्नुपर्ने कामहरुका बारेमा विभिन्न सञ्चार माध्यम जस्तै रेडियो, अनलाइनका साथै टोल टोलमा माइकिङ्ग गरेर सचेत रहन आग्रह गरिरहेका छौ । बेला बेलामा माक्स, सेनिटाइजर, साबुन लगाएतका सामाग्री पनि आवश्यकताको आधारमा वितरण गरिरहेका छौ । अतिआवश्यक काम भन्दा बाहिर ननिस्कन आग्रह समेत गरेका छौ ।

वडामा खाद्यान्न तथा तरकारीको अभाव हुन नदिन केहि प्रयास गर्नुभयो कि भएन ?

लकडाउनको समयलाई हाम्रा वडाका स्थानियले खेतबारीमा सदुपयोग गरिरहनुभएको छ । हामिले खजुरा गाउँपालिकामा उत्पादन हुने खाद्यान्न, तरकारीहरु बाहेक बाहिरबाट आउनेलाई निषेध गरेका छौ । जसका कारण यहिका किसानहरुले उत्पादन गरेका कृषि बस्तु सहजै विक्रि वितरण पनि भएका छन । विहान ८ देखि १० बजे सम्म र दिउसो २ देखि ४ बजे सम्म तरकारी तथा खाद्यान्न पसल खोल्न दिएर पनि अभाव हुन पाएको छैन ।

राहतहरु वितरण गर्नु भयो कि भएन ?

खजुरा गाउँपालिकामा जनतालाई राहत वितरण गर्ने काम वडा नम्बर ४ ले नै सुरुवात गरेको हो । सुरुमा हामि वडाका जनप्रतिनिधिले नै व्यक्तिगत रुपमा पैसा उठाएर लकडाउनबाट प्रभावित अति विपन्न परिवारहरुलाई पहिलो चरणमा राहत वितरण गरेको हो । त्यस पछि गाउँपालिकाले गरेको निणर्य बमोजिम टोल टोलमा गएर डाटा संकलन गरि हामिले राहत वितरणको काम गरेका हौ । त्यपछि पनि विभिन्न सघं सस्थाहरु तथा व्यक्तिगत रुपमा वडाका लागी आएको सहयोग पनि आवश्यकताको आधारमा अनुगमन गरि विबाद रहित राहत वितरण गरेका छौ । हामि हाम्रा जनतालाई भोकै बस्न नपर्नेगरी काम गरिरहेका छौ । हाम्रो वडामा रहनुहुने जो सुकै भएपनि हामिले राहत प्रदान गरेका छौ । अहिले पनि मैले मेरो गाडिमा केहि खाद्य सामाग्रीहरु राखेर हिडेको हुन्छु । कसैले खान नपाएको खबर थाह पाए लगतै आफै घरसम्मै राहत लिएर जाने पनि गरेको छु । हाल सम्म ६ पटक सम्म पालैपालो राहत वितरण गरिसकेका छौ । अझै केहि परिवारलाई पुन राहत दिनपर्ने अवस्था सिर्जना भएकाले गाउँपालिका बाटै प्राप्त हुन आएको राहतको लागी दोश्रो चरणकोका निम्ति घरहरु छनोट गर्ने काम पनि भैरहेको छ ।

यसरी लकडाउनको बेलामा काम गरिरहदाँ चुनौति कत्तिको छ ?

लकडाउनको बेला काम गर्दा चुनौति त हामिलाई सुरक्षित हुन सकिदैन कि भन्ने हो तर हामि आफु र जनतालाई सुरक्षित राख्न कटिबद्ध भएर लागेका हुनाले यसमा सबैतिरबाट साथ र सहयोग प्राप्त भैरहेको छ । हामि जनप्रतिनिधिहरु प्रतक्ष जनताको माझमा गएर काम गर्न पर्ने भएकाले हामि पनि एक किसिमले जोखिममा छौ ।

लकडाउनलाई खुकुलो बनाउन आवश्यक छ कि छैन ?

लकडाउनलाई अहिलेको भन्दा केहि खुकुलो त बनाउनै पर्छ किन भने दैनिक ज्याला मजदुरीगर्नेहरु, कृषि कर्म गर्नेहरुका साथै विकास निर्माणका कामलाइृ पनि सुचारु गर्न मिल्ने गरी सुरक्षित तबरले सन्चालन गरिए आम जनताको हितमा काम हुनेछ । सिमा क्षेत्रलाई अझै सिल गर्नुपर्छ । सामाजिक दुरी कायम गरी उद्योग पनि सन्चालन गर्नुहुन पनि सरकारलाई अनुरोध छ । सरकारले बैशाख २५ सम्मलाई लकडाउन थपेको हुनाले सबैले यसलाई अमृत सरह लिएर ग्रहन गर्नहुन अनुरोध छ । यो बेलामा केहि समस्या भए वडाबासीहरुले तत्काल सम्पर्कमा आउन पनि अनुरोध छ ।

अन्त्यमा केहि भन्नु छ ?

अन्यमा लकडाउनका कारण यो वर्षको विकास निर्माणमा पनि धेरैनै असर पुगाएको छ । म मेरा जनताहरुलाई कत्तिपनि नआत्तिन अनुरोध गर्दछु । विकास त हामि अर्को वर्षपनि गरौला पहिला यो माहामारी बाट जोगिऔ । सबैले आफ्नो र आफ्नो परिवारको राम्रो हेरविचार गर्नुहोला । कुनै पनि बेला स्वास्थ समस्या आए खबर गर्नुहोला हामि वडाबासीको सेवामा तत्पर छौ । यो बेला आफु पनि बचौ र अरुलाई पनि बचाऔ । धन्यबाद

प्रतिक्रिया