बहराइनमा कोरोना संक्रमित संख्या १२६ पुग्यो, थप ७७ नेपालीमा संक्रमण पुष्टि

एजेन्सी:

बहराइनमा एकैदिन ७७ जना नेपालीलाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । यससँगै बहराइनमा कोरोना संक्रमित नेपालीहरुको संख्या १२६ पुगेको बहराइनको राजधानी मनामास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार एउटा सुपरमार्केट र ३ वटा अलग अलग कम्पनीमा काम गर्ने नेपालीलाई संक्रमण भेटिएको हो । संक्रमितरुको बहराइनको विभिन्न अस्पतालहरुमा समान्य अवस्थामा उपचार भैरहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार बहराइनमा करिब ३० हजार नेपाली श्रमिक कार्यरत छन् ।

बहराइनमा अहिलेसम्म २ हजार ८११ जना संक्रमित भएका छन् । त्यसमध्ये ८ जनाको मृत्यु भएको छ । उपचारपछि निको भएर घर फर्किनेहरुको संख्या १ हजार २ सय ४६ छ ।

प्रतिक्रिया