बिपदमा स्थानिय सरकार : पालिकाबासीको घरमा चुल्हो बाल्ने काममा हामि निकै संबेदनसिल छौं

चीनको एउटा प्रान्तबाट शुरु भएको कोरोना भाईरस (कोभिड १९) को संक्रमणले विश्वलाई नै आक्रान्त बनाएको छ ।

चीनको एउटा प्रान्तबाट शुरु भएको कोरोना भाईरस (कोभिड १९) को संक्रमणले विश्वलाई नै आक्रान्त बनाएको छ ।

कोरोना भाइरसको महामारी संग विश्वका शक्तिशाली राष्ट्र समेत घुडा टेकि रहेका छन् । सरकारले समेत त्यसैलाई मध्यनजर गर्दै लकडाउनको अवधी बढाएर बैशाख २५ सम्म पुर्‍याएको छ । देशमा लकडाउन सुरु भएपछि सरकारले विभिन्न महामारीबाट बच्न र लकडाउनबाट परेको असर कम गर्न विभिन्न क्रियाकलाप गर्दै आएको छ ।

संघिय , प्रदेश र स्थानिय सरकारले कोरोना भाइरसबाट जोगिन र जनतालाई भोक भोकै मर्न नदिन विभिन्न योजना ल्याएर कार्यनयन समेत गर्दै आएका छन । यस्तो विषम परिस्थितीमा जानकी गाउँपालिकाले पालिकाबासीको निम्ति कस्ता कार्य गर्दै आएको छ त्यो बारेमा नागरिक समाजकर्मी रामु ओलीले जानकी गाउँपालिकाका प्रशासकीय अधिकृत हरि बहादुर खत्री सँग गरिएको कुराकानी ।

प्रमुख प्रशासकीय अधिकृत ज्यु लकडाउनमा तपाईहरु (पालिका) ले कसरी काम गरिरहनुभएको छ ?

देश लकडाउनको अवस्थामा छ । अत्यावश्यक काम बाहेक पालिकाबासीलाई बाहिर हिडडुल नगर्न भनेका छौं । तर पनि अत्यावश्यक कामको लागि पालिकाको सम्पुर्ण वडा, पालिकाको कार्यालय हरेक दिन खुलेको छ र काम भैरहेको छ । हामिले कार्यालयमा सामाजिक दुरि कायम गरेर छलफल देखी कार्यालयको दैनिक कार्यहरु सम्पादन गरेका छौँ ।

कार्यालयमा आउने पालिकाबासी, कर्मचारीले कार्यालय प्रवेशमै स्यानिटाइज प्रयोग गर्ने र मास्कको प्रयोग गरेर जोखिम कम गर्दै जानकी गाउँपालिकाले कार्य गर्दै आएको छ र यो विषम परिस्थितिमा पनि पालिकाले जनतालाई अत्यावश्यकका सेवा प्रदान गर्दै आएको छ ।

स्थानिय नागरिकहरुलाई कोरोना भाइरसको संक्रमण नहोस भनेर के गर्दै हुनुहुन्छ ?

हामिले सुरुवात देखि नै पहिलो प्राथमिकतामा सचेतनालाई लिएका थियौं । त्यसैले कोरोना भाइरस (कोभिड १९) बाट बच्न अपनाइने उपाय, सामाजिक दुरि कायम गर्ने , नियमित साबुनपानीले हात धुने जस्ता चेतनामूलक संदेश विभिन्न संचार माध्यम, पर्चा र माइकिङ गरेर पालिकाबासीलाई सचेत गराएका थियौ र अहिले पनि हामिले सामाजिक दुरि कायम गर्ने र अत्यावश्यक काम बाहेक बाहिर ननिस्किने र कोभिड बाट बच्नलाई अपनाइने सावधानीको लागि अपिल गर्दै आएका छौं ।

वडा अध्यक्ष तथा जनप्रतिनिधि मार्फत गाउँ टोल सम्म त्यो कुरालाई राख्दै आएका छौ भने हामिले हरेक वडा र टोलमा सचेतना फैलाउदै मास्क समेत वितरण गरेका थियौ ताकी कोभिड संक्रमणबाट वचन सकियोस् । किनकी यो समयमा हामि सबैले सोच्नुपर्ने बेला हो कसरी हुन्छ यो महामारीलाई हराउनु पर्ने छ ।

यो विषम परिस्थितिमा खाद्यान्न तथा तरकारीको अभाव हुन नदिन केहि प्रयास गर्नुभयो कि भएन ?

जहाँ सम्म हाम्रो जानकी गाउँपालिकामा खाद्यान्न तथा तरकारी अभाव नहोला । किनकी हाम्रो पालिकामा मुलत कृषि पेशा गर्ने समुदाय तथा परिवारहरुको संख्या धेरै छ जसले गर्दा खाद्यबस्तुमा त्यस्तो अभाव हुन्छ जस्तो लाग्दैन फेरि बजारहरु अत्यावश्यक सामाग्री खरिद तथा बिक्रीको लागि खुली रहेका नै छन् । खाद्य सामाग्री उपलब्ध छन् । फेरि खाद्य तथा तरकारी उत्पादनको हिसाबले पनि जानकी गाउँपालिका सम्पन्न नै छ । र गाउँपालिकामा उत्पादित तरकारी बिक्रीवितरणको लागि हामिले पासको ब्यवस्था गरेर बेचबिखनमा सहजता प्रदान गरेका छौ । उता ज्याला मजदुरि गरेर जीवन निर्वाह गर्ने समुदायको हकमा पालिकाले तथ्यांक निकालेर राहत वितरणको काम सम्पन्न गरिसकेको छ ।

लकडाउनलाई खुकुलो बनाउन आवश्यक छ कि छैन ?

कोभिड १९ संक्रमणको खतरालाई मध्यनजर गर्दै सरकारले आह्वान गरेको लकडाउन र बिश्व परिवेशमा समेत कोभिड १९ बाट बच्ने एक मात्र उपाय लकडाउन भएको अवस्थामा खुकुलो पार्ने भन्दा पनि लकडाउनलाई नै निरन्तरता दिनु पर्छ । फेरि यो महामारीको कुनै भ्याक्सिन बनेको छैन अन्य देशमा महामारीको रुप लिइ सकेको अवस्थामा दुख सहेरै भएपनी महामारीबाट बच्न लकडाउनको अर्को विकल्प छैन ।

बिश्वका अधिकाश देशले लकडाउन बाट नै यसलाई नियन्त्रणमा राख्न सफल भएका छन् । र नेपालमा समेत लकडाउनकै कारण संक्रमितको संख्या उच्च हुन पाएको छैन । त्यसैले तत्काललाई लकडाउनको विकल्प छैन ।

पालिकामा हुने खाद्यान्न तथा अन्य सामाग्रीमा हुने कालोबजारीको बारेमा कस्तो छ पालिकाको अनुगमन ?

यस्तो विषम परिस्थितिमा केही ब्यक्ति तथा पसलहरुले वास्तविक मुक्य भन्दा बढी मुल्यमा सामाग्री बिक्रीवितरण गर्ने , सामान लुकाउने जस्ता क्रियाकलाप हुने गर्छन् । त्यसो हुन नदिन वडा तह देखि नै हामिहरु (निर्वाचित जनप्रतिनिधि , कर्मचारी ) चनाखो छौं । जो कसैले कालोबजारी गरेको पाइए कानुनको दायरामा ल्याउने छौ । केही दिन अगाडी मात्रै वडा नम्बर ६ मा बढी मुल्यमा सामाग्री बेचबिखनको गुनासोको आधारमा केही सामाग्री बरामद गरेका छौ , र त्यस्ता ब्यक्ति तथा फर्मलाई कानुन सम्बत कार्वाही गर्छौ । र जानकी गाउँपालिका अन्तरगत ठूला बजारहरु कम भएको कारण कालोबजारीको संभावना कम देख्छु ।

राहत वितरणको कार्यलाई कसरी ब्यवस्थापन गर्दै जानु भएको छ ?
जानकी गाउँपालिकाले राहत वितरणको निम्ति कार्यबिधी नै तयार गरेर , पालिकामा भएका अति बिपन्न , दैनिक ज्यालामजदुरी गरेर चुल्हो बाल्ने परिवारको तथ्यांक निकालेर, वडाका जनप्रतिनिधि , राजनैतिक दलका प्रतिनिधि , बुद्धिजीवी, नागरिक समाजका अगुवाहरुको सिफारिस र समन्वयमा विवाद रहित राहत वितरणको कार्य सफलतापुर्वक सम्पन्न गरेका छौ । यस्तो बिपदको समयमा पालिकाबासिको घरमा चुल्हो बाल्ने काममा हामि निकै संबेदनसिल भएर कार्य गर्यौ । र आउने आइतबार राहत वितरणको समिक्षा बैठक समेत बस्दै छ ।

अत्यावश्यक बस्तु खरिद तथा बिक्रिको लागि पालिकामा कस्तो किसिमको ब्यवस्था भएको छ ?

सरकारले आह्वान गरेको लकडाउन संगै पालिका भित्र हामिले अत्यावश्यक काम बाहेकका लागि घरबाननिस्कन सुचना जारी गर्यौ । अत्यावश्यक सामाग्री खरिद तथा बिक्रीका लागि भने हामिले पासको ब्यवस्था गरेका छौं ।

लकडाउन संगै जानकी गाउँलालिकाले अत्यावश्यक सेवा हरेक दिन दिदै पनि आएको छ । र अहिले पालिकाको बिकास निर्माणका कार्य समेत सावधानि पुर्वक गर्न अनुरोध गरेका छौं । ठेक्का लागेका योजनाहरुको लागि हामिले आवश्यक परेको ठाउँमा समन्वय गरेर सावधानी पुर्वक काम गर्ने वातावरण तयार गरेका छौ । जसले गर्दा पालिकाको बिकास निर्माणको काम समेत नरोकियोस ।

अन्तमा केही भए ?

अब यो महामारीको समयमा पालिकाबासीलाई यसबाट बच्नका लागी सावधानी अपनाउन सामाजिक दुरि कायम गर्न अनुरोध गर्दछु । र राहत वितरणको कार्यमा समन्वय गर्ने सम्पुर्ण पालिकाका कर्मचारी, वडाका कर्मचारी, जनप्रतिनिधिहरु , राजनैतिक दलका प्रतिनिधिहरु, नागरिक समाज , बुद्धिजीवी बर्ग र पालिकाबासीले जुन किसिमले सहयोग र समन्वय गर्नुभयो त्यसकोलागी आभार प्रकट गर्दछु । उहाँहरुको साथ र सहयोगले नै पालिकाले विबाद रहित तरिकाले राहत वितरण गर्न सफल भयो । र जानकी लगायत बाँकेका सबै स्थानिय तहहरुले विद्यार्थी भाइबहिनीहरुको लागी यो विषम परिस्थितिमा रेडियो कार्यक्रम संचालन गरेका छौं त्यसबाट फाइदा लिन अनुरोध समेत गर्दछु । र कोभिड १९ महामारीबाट बच्नको लागी सबैले एक अर्कामा हातेमालो गरेर यस महामारीलाई हराउन अनुरोध समेत गर्दछु ।

प्रतिक्रिया