
लकडाउनको अवधि दिन प्रतिदिन बढ्दै गएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुन नदिन नेपाल सरकारले विभिन्न सयन्त्र मार्फत क्रियाकलापहरु अघि बढाइरहेको अवस्था छ । केन्द्र देखि स्थानिय सरकारसम्म यसलाई फैलन नदिन आफ्नो स्थानमा रहेर प्रयास गरिरहेको पाइन्छ ।
अहिले कोरोनाका कारण विकास निर्माणका कामहरुपनि सबै बन्दको अवस्थामा छन । जनताहरु भोकमरीमा परिनेहो कि भन्नेमा चिन्तित छन । यस्तो अवस्थामा बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर २ ले बिपतमा कसरी काम गरेको छ भनेर नागरिक समाजकर्मि खगेन्द्र दाहालले वडाध्यक्ष देविलाल खनालसगं गरेको कुराकानि ।
लकडाउनमा तपाईहरुले कसरी काम गरिरहनुभएको छ ?
हामि कोरोना भाइरसको संक्रमण हुन नदिन संम्वेदनसिल छौ । लकडाउनको समयमा जनतालाई घर बाहिर ननिस्कन अनुरोध गरेका छौ । लकडाउनमा हामिलाई धेरै जिम्मेवारी थियो । हामि जनप्रतिनिधि, स्वास्थकर्मि, कर्मचारीहरु कसरी कोरोना भाइरसलाई रोक्न सकिन्छ दिनरात नभनि काम गरिरहेका छौ । हाम्रो वडा भारतको सिमा क्षेत्रमा भएका कारणले सिमाना निगरानिमा बढि केन्द्रित छौ । अर्कोतिर हाम्रो गाउँघरमा लकडाउनको बारेमा सम्झाउने बुझाउने कामलाई पनि प्राथमिकता दिदै काम गरिरहेका छौ ।
स्थानिय नागरिकहरुलाई रोग तथा संक्रमण नहोस भनेर के गर्दे हुनुहुन्छ ?
हरेक टोलमा पुगेर यसको बारेमा जनचेतना जगाउने काम गरेका छौ । भारतिय बजारबाट आउने तरकारीलार्य पुर्णतया बन्देज गरेका छौ । बाँके र बर्दियाको सिमाना मान खोलामा युवा खटाएर रोग संक्रमण नभित्रियोस भनेर कडाई समेत गरेका छौ । बाहिरबाट को मान्छे कसरी आयो खाद्यान्न कसरी भित्रिरहेका छन भन्नेबारेमा निगरानि निरन्तर गरिरहेका छौ । हरेक घरमा सरसफाइलाई विशेष जोड दिन अनुरोध गरेका छौ । बाहिर निस्कन जरुरी परेमा अनिवार्य रुपमा माक्स प्रयोग गर्ने, साबुनपानिले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने बारेमा पनि नागरिकमा चेतना जगाउने काम पनि गरिरहेका छौ ।
वडामा खाद्यान्न तथा तरकारीको अभाव हुन नदिन केहि प्रयास गर्नुभयो कि भएन ?
खाद्यान्न तरकारी अभाव हुन नदिन स्थानिय उत्पादनलाई पहिलो प्राथमिकता दिएका छौ । यदि वडामा उपलव्ध नहुने खाद्यान्न तरकारी खजुराकै अर्को वडाबाट ल्याउन व्यापारीलाई पास उपलव्ध गराउन सहजिकरण गर्ने गरेका छौ । खजुराबाट पनि खाद्यान्न र तरकारी अपुग भएमा अन्य पालिकाहरुका किसान तथा व्यवसायिहरुसगं समन्वय गरेर वडामा कुनैपनि खाद्यान्न र तरकारी अपुग हुन दिएका छैनौ । हाम्रो वडा यस्तो वडा हो अहिले लकडाउनको समयमा पनि आफ्नो वडालाई पुगेर पनि अन्य वडा र पालिकाहरुमा यहाँको उत्पादन पुग्ने गरेको छ । हामिले सकभर वडा भित्रकै उत्पादनलाई प्रयोगमा ल्याउने गरेका छौ ।
राहतहरु वितरण गर्नु भयो कि भएन ?
खजुरा गाउँपालिकाद्धारा उपलव्ध गराइएको पहिलो चरणको राहत वितरण गरिसकेका छौ । हामिले ३ सय जना र विचमा ५० बढि परिवारलाई राहत वितरण गरिसकेका छौ । राहत वितरणमा अझैपछि धेरै छुट्नुभएको छ । पहिले बाढेकाहरुको घरमा पनि खाद्यान्न सकिसकेको अवस्था छ । लकडाउन थपिदैगएकाले थप राहत प्रदान गर्न आवश्यक देखेका छौ । राहत वितरणमा हामि कहि कतै चुकेको हुन सक्छौ तर हाम्रो उदेश्य भोके पेट भर्नु नै हो । अहिले पनि दिनमा ३, ४ वटा परिवारहरु दिनहुँ खान पुगेन भनेर आइरहनुभएको छ । हामिले अनुगमन गरेर आवश्यक राहत प्रदान पनि गरिरहेका छौ ।
यसरी लकडाउनको बेलामा काम गरिरहदाँ चुनौति कत्तिको छ ?
हामि स्यानिटाइजर र माक्सको भरमा जनता माझ पुगिरहेका छौ । केहि गरि कोरोना कसैमा देखिएमा हामि पनि जोखिममा छौ । हामि घरमा त्यसै बस्न पनि सकिरहेका छैनौ । हामि जनताको स्वास्थको लागी जोखिम मोलिरहेका छौ । हामि सगं कुनै बलियो श्रोत साधन पनि नभएकाले निकै चुनौति खेप्न परेको अवस्था छ ।
लकडाउनलाई खुकुलो बनाउन आवश्यक छ कि छैन ?
अब सबैको घरमा खाद्यान्न पैसा सकिन लागेको अवस्था भएकाले उचित सुरक्षा अपनाएर लकडाउनलाई केहि खुकुलो बनाउन पर्ने देखिएको छ । लकडाउन खुकुलो भए केहि मात्रामा विकासको काम पनि गर्न पाइने छ । जनताहरुले आफ्नो जोहो गर्न थाल्नेछन । साना तथा मझौला उद्योगहरु खुल्नेछन । केहि दिनपछि किसानहरुलाई खेतीपाति गर्न तातिनुपर्ने हुन्छ त्यसको लागी अहिले देखिनै तयारी गर्नुपर्ने भएकाले केहि मात्रमा समय छुटएर लकडाउनलाई खुकुलो बनाएको खण्डमा उचित हुने थियो ।
अन्यमा केहि भन्नु छ ?
जसको घरमा खाद्यान्न छ उसले राहतको आसा नगरदिर्नुस । तपाइको घर छिमेकमा त्यस्तो कुनै घरपरिवारको चुलो बलेको छैन भने हामिलाई तत्काल खबर गर्नुस हामि उहाँहरुको चुलो बाल्न सहयोग गर्नेछौ । केहि गरि हामि हाम्रा वडाका जनतालाई भोक भोकै मर्न दिने छैनौ ।











