नेपालगन्ज :

कोभिड १९ का कारण देशमा सरकारले गरेको लकडाउन खुकुलो भएको भन्दै गृह मन्त्रालयले लकडाउनमा कडाइ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरे लगत्तै बाँके जिल्लामा पनि लकडाउन खुकुलो भएको भन्ने जनगुनासो आएपछि भोलि देखि थप कडाइ गरिने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
आज बाँके जिल्ला प्रशासनले सुचना जारी गरि बिहान दस बजे पश्चात् जिल्लाका औषधि पसल बाहेक अत्यावश्यक सेवाका सम्पूर्ण किराना पसल, फलफूल पसल, दुध डेरी ,तरकारी पसल , माछा मासु लगायतका पसलहरु बिक्रीवितरण बन्द गर्ने, पास बाहेकका सवारीसाधनमा आवातजावत पूर्ण रुपमा बन्द गर्ने र लकडाउनको कसैले अवज्ञा गरेमा कानुन बमोजिमको कारबाही गरिने बताइएको छ ।
यसअघि गृह मन्त्रालयले प्रत्येक जिल्ला प्रशासन कार्यालयलाई लकडाउन कडाइ गर्न निर्देशन दिएको थियोे । हेर्नुहोस् सूचना-












