नेपालगन्ज :

कोरोना संगै तहसनहस बनेको बिश्वजगत अझै पनि कोरोना संगै लड्दै छ । कोरोना बिरुद्धको भ्याक्सिन र औषधि नबनेको अवस्थामा विश्व समुदायले लकडाउनलाई बढाउदै लगेका छन् ।
छिमेकी राष्ट्र भारतले समेत मे ३ सम्मको लागी आह्वान गरिएको लकडाउनलाई बढाएर मे १७ सम्म पुर्याएको छ ।
भारतले देशभर नै दुई हप्ताको लागि लकडाउन बढाएको हो । त्यो संगै भारतले रेड जोन , ओरेन्ज जोन र ग्रीन जोन लगेर तीन किसिमले आफ्ना जिल्ला तथा शहरहरुलाई बिभाजन गरेको छ । जस अनुसार लकडाउनलाई कडा र खुकुलो पार्ने भारतिय समाचार माध्यमले बताएको छ ।











