आमिरको सहयोग गर्ने तरिका नै फरक, १ किलो पिठोमा भारु १५ हजार नगद

आमिरको सहयोग गर्ने तरिका नै फरक, १ किलो पिठोमा भारु १५ हजार नगद

बलिउडमा मन छुने अभिनय र भिन्नै खालको चलचित्र दर्शक माझ बिश्वब्यापीनै छुट्टै पहिचान बनाउन सफल स्टार आमिर खानले लकडाउनको बेलामा गरिब विपन्न परिवारलाई गरेको सहयोगको तरिका अहिले सामाजिक सञ्जालमा चौतर्फी चर्चित बनेको छ ।

आमिर खानले मध्य रातमा मुम्बइको गरिव वस्तिमा एक ट्रक पिठो लगेर सुचना दिए जस्मा – जसलाई अभाव छ उसले मात्र जम्मा एक किलो पिठो पाउने छ ।

पायसम्म धेरैले लिन खोज्ने समाजमा धेरैलाई जाबो एक किलो पिठो लिनका लागि को लाइनमा उभियोस भनेर धेरै लिन गएनन् ।

तर अनिकालको मानो जसलाई एकदमै खाँचो थियो उनिहरु गएर एक एक किलो पिठोको पोको लिएर आए । घरमा आएर पोको खोल्दा हरेक पोकोमा पिठो सङै पन्ध्र हजार भारु राखिएको रहेछ ।

पहिले नै यति पैसा बाँडिदैछ भनेर सुचना दिएको भए सायद धेरैको संख्यामा लाइनमा बस्थे होला । आफू सङै आफ़न्तहरु पनि बोलाएर थाप्थे होला । तर जोजस्लाई वास्तवमै खाँचो थियो उनीहरुका लागि एक किलो पिठो पनि धेरै हो ।

तेसैले जस्लाई अत्यन्तै आवश्यक थियो उनिहरुले मात्र लिए । आमिर खानले बलिउडका अन्य स्टारले भन्दा फरक तरिकाले सामाजिक सेवा गर्ने गर्छन् । जस्को चर्चा चौतर्फी हुने गर्छ । त्यसैले पनि आमिरले फरक तरिका अपनाएर गरेकोमा फ्यानले उनलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया