खजुरा :

खजुरा गाउँपालिकामा रहेका सहकारीहरुले खजुरा गाउँपालिकाको विपद कोषमा राहत स्वरुप आर्थिक सहयोग गरेका छन ।
आज एक कार्यक्रमका विच सहकारीहरुले गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपति र उप प्रमुख एकमाया विकलाई चेक तथा नगद हस्तान्तरण गरेका हुन ।
सहकारी सञ्जाल खजुराका अध्यक्ष याम बहादुर महतराको नेतृत्वको टोलिले १ लाख ८० हजार ४ सय ५९ रुपैयाको चेक तथा नगद हस्तान्तरण गरेका हुन ।
खजुरा गाउँपालिकामा आफ्नो सेवा प्रदान गरिरहेका सहकारीहरुले लकडाउनको बेला पालिका भित्र कसैलाई भोकै बस्न नपरोस भनेर सञ्जालले निणर्य गरे बमोजिम गाउँपालिका विपद कोषमा जम्मा हुने गरी प्रदान गरिएको सञ्जालका अध्यक्ष महतराले जानकारी दिए ।
सहयोग गर्नेमा सहकारी सस्था लिमिटेड खजुराले ५५ हजार १ सय, मिलिजुलि स्वाभलम्वन कृषि बचत सहकारी सस्थाले ४० हजार, हातेमालो साना किसान कृषि सहकारी सस्थाले २४ हजार ७ सय ४, बागेश्वरी बहुउदेश्य कृषि हाट बजार सहकारीले २० हजार, शुभकामना बहुउदेश्य सहकारीले २० हजार, एकता बचत तथा ऋण सहकारीले ५ हजार ५, पुर्नरबास कृषि तरकारी उपज सहकारीले ५ हजार, पन्चज्योति कृषि सहकारीले ५ हजार, सुर्यदय कृषि सहकारीले १५ सय, स्वावलम्वन बचत तथा ऋण सहकारीले ४ हजार १ सय ५० आर्थिक सहयोग गरेका हुन ।
सहकारीहरुद्धारा प्रदानित सहयोग रकम बुभ्दै खजुरा गाउँपालिकाका प्रमुख कक्षपतिले कोभिड १९ विरुद्धको लडाइमा खजुरा क्षेत्रका सहकारीहरुले स्थानिय सरकार संग सहकार्य गरेको भन्दै आभार व्यक्त गरेका छन ।
प्रमुख कक्षपतिले रकम ठुलो नभई मानविय कुरा ठुलो भएको भन्दै खजुराका सहकारीहरुले यस अघि पनि सहयोग सहकार्य निरन्तर गरिरहेको भन्दै धन्यबाद ज्ञापन गरेका थिए ।
केहि दिन अघि खजुरामै रहेका कालिका बहुउदेश्य सहकारीले ५० हजार रुपैया र जनता दुग्ध उत्पादन सहकारीले ५६ हजार रुपैया सहयोग गरिसकेको गाउँपालिका प्रमुख कक्षपतिले जानकारी दिए ।









