नेपालगंजमा एकैदिन १६ जना नयाँ संक्रमित देखिए संगै नेपालमा संक्रमितको संख्या ७५ पुग्यो

नेपालगंजमा एकैदिन १६ जना नयाँ संक्रमित,  देखिए संगै नेपालमा संक्रमितको संख्या ७५ पुग्यो

नेपालगन्जमा आइतबार एकैदिन थप १६ जना कोरोना संक्रमित भेटिए संगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेकोछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार भेटिएका १६ मध्ये १५ जना नेपालगंजका हुन भने एकजना विरगंजका छन । 

शनिबार नेपालगंजमा ९० जनाको स्वाब संकलन गरिएकोमा ४० जनाको परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको हो । संक्रमण देखिएका सबै नेपालगञ्ज उपमहानगरपालिका- ५ डिएसपी रोड क्षेत्रका हुन । । नमुना संकलन गरिएको ९० जनामध्ये अझै ५० जनाको परीक्षण् गर्न बाँकी रहेकाले संक्रमितको सङ्ख्या नेपालगंजमा थपिने अवस्था छ । 

प्रतिक्रिया