एकै दिन १५ जनामा संक्रमण देखिए पनि बिहान नेपालगन्जको अवस्था यस्तो (तस्वीर)

नेपालगन्ज :

आइतबार मात्रै नेपालगन्जमा कोरोना संक्रमितको १५ केस देखिए पछि बाँकेका विभिन्न गाउँपालिका र वडा तथा टोलहरुमा सजगता अपनाउदै गरेको खबरका बिच नेपालगन्जमा भने सामाजिक दुरि उलंघनका दृश्यहरु देखिएका छन् । प्रहरी – प्रशासनले भिडभाड कम गर्ने कोसिस गर्दा समेत कतिपय स्थानमा सामाजिक दुरि उलंघन भएका छन् । कतिपय स्थानमा प्रहरीले शक्ति समेत गर्नुपरेको अवस्था छ ।

नेपालगन्जमा कोरोना संक्रमण समुदाय स्तरमा पुगिसकेको अवस्थामा पनि बिहान नेपालगन्जको सुर्खेत रोड मात्रै होईन विभिन्न किरान पसल, दुग्धजन्य पसल र नेपालगन्जका भित्री सडकहरू जमघट देखिएका थिए । नेपालगन्जमा कोरोनाको संक्रमणको हिसाबले अति उच्च जोखिममा परि सकेको अवस्थामा लापरबाही हुनुले नेपालगन्ज अझै जोखिममा पर्ने निश्चित छ ।

उता शनिबार ९० जनाको स्वाब परिक्षण गरिएकोमा अझै पूरा रिपोर्ट नआएको अवस्थामा नेपालगन्जमा संक्रमीत संख्या अझै बढ्ने निस्चित छ । भमे नेपालगन्जमा हाल सम्म १६ जनामा कोरोना पुष्टि भएको छ ।

एकै दिन १५ जनमा संक्रमण देखिए पनि बिहान नेपालगन्जको अवस्थ यस्तो (तस्वीर)

प्रतिक्रिया