नेपालगन्ज :

आइतबार मात्रै नेपालगन्जमा १५ जनामा कोरोना संक्रमण पुष्टि भयो भने आज मात्रै बिहान ७ जनामा पुनः कोरोना पुष्टि भएको छ । तर यस्तो महामारीको रुप धारण गरिसकेको नेपालगन्जमा भने सामाजिक दुरिको धज्जी उडि रहेको छ ।
उता बाँके प्रशासनले आज बिहान ११ बजे देखि नेपालगन्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रहरी प्रशासनले समेत सामाजिक दुरि कायम गर्न निरन्तर खटी रहेको अवस्थामा नेपालगन्जबासी भने प्रहरी प्रशासनको आँखा छल्दै सामाजिक दुरि उलंघन गर्दै गरेको दृश्य सामान्य जस्तै देखिन्छ ।
कोरोना भाइरस समाजमा प्रवेश गरि सकेको अवस्थामा पनि नेपालगन्जबासी भने सजग हुन तर्फ खासै चनाखो नभएको भन्ने आम रुपमा गुनासो समेत आइरहेको छ ।
मंगलबार बिहान खाद्यान्न तथा तरकारी पसलमा भिड उस्तै देखिएको छ ।











