नेपालगन्जको विभिन्न स्थानबाट स्वाब संकलन सुरु

नेपालगन्जको विभिन्न स्थानबाट स्वाब संकलन सुरु

एउटै टोलमा २२ जना सहित २३ जनामा कोरोना भाईरस कोभिड–१९ को सङ्क्रमण भेटिएपछि स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनको सहितको टोलीले नेपालगन्जका बिभिन्न क्षेत्रबाट स्वाब संकलन सुरु गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रदेशको सामाजिक विकास मन्त्रालयको टोलीले स्थलगत खटिएर काम गरिरहेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ को एउटै टोलमा २३ जना कोरोना संक्रमित भेटिएपछि स्वाब संकलन कार्य तिब्र पारीएको हो ।

मंगलबार बेलुका ५ बजेदेखी वडा नं. ८ का बिभिन्न स्थानमा स्वाब संकलन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार भैरव टोल, रानी तलाउको शब्जीमण्डी, नाउ टोल, पण्डन मोहला तथा टाँगा स्टेशन आसपासका पसलहरुबाट स्वाब संकलन गर्न लागिएको हो ।

प्रतिक्रिया