खजुरामा गाउँ जोगाउन गाउँ सुरक्षा कमिटि गठन

खजुरा

खजुरामा गाउँ जोगाउन गाउँ सुरक्षा कमिटि गठन

बाँकेको नेपालगन्जमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिएका कारण आफ्नो गाउँ सुरक्षित राख्न स्थानिय स्तरमा सुरक्षाको लागी उपायहरु अपनाउन थालिएको छ ।

खजुरा गाउँपालिका वडा नम्बर ४ ले आज एक गाउँ भेला गरेर सामाजिक दुरी कायम गरि कमिटि गठन गरेको जनाएको छ । वडाध्यक्ष तिलकविर सुनारको अध्यक्षतामा भएको गाउँ भेलाले स्थानिय लोक बहादुर खत्रिको संयोजकत्वमा ४१ सदस्यीय गाउँ सुरक्षा कमिटि गठन गरेको हो ।

सजकता अपनाउने आवश्यकता भएकाले गाउँका मानिसहरुलाई चेतना जगाउदै उक्त कमिटिले स्थानिय स्तरमा बाहिर बाट गाउँ प्रवेश गर्नेलाई सोधपुछ गरि रोक लाउने सम्मका काम गर्ने संयोजक खत्रिले बताए ।

आज गठन भएको तदर्थ समितिले गाउँलाई सुरक्षा कसरी प्रदान गर्ने, कोरोना बाट जोगिन कसरी काम गर्ने भन्ने बारेमा जनचेतना जगाउने काम गर्ने नै उख्य उदेश्य रहेको खत्रिले बताएका छन ।

नव गठित तदर्थ समितिको जानकारी गाउँपालिका, वडा कार्यालय र इलका प्रहरी कार्यालय धनौलीलाई समेत बोदार्थ दिएर जानकारी गराएको समितिका सदस्य टोप बहादुर खत्रिले बताए ।

खजुरामा गाउँ जोगाउन गाउँ सुरक्षा कमिटि गठन

प्रतिक्रिया