ज्ञानु सङ्गम खड्का/नेपालगन्ज-

विश्वलाई नै तहसनहस बनाइरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को कारण नेपाली चलचित्र क्षेत्र यतिबेला अस्तव्यस्त छ।नेपाली चलचित्रका कलाकारहरु पनि लकडाउनका कारण यतिबेला आ-आफ्नो घरमा सेल्फ क्वारेन्टाइनमा बसेका छन।
कतिले खाने कुरा पकाउन सिकेर, टिकटक भिडियो बनाएर लकडाउनलाई व्यतीत गरिरहेका छन त कतिले सामाजिक सन्जाल फेसबुक अनि इन्सटामा फोटो अपलोड गर्दै लकडाउनलाई विताइरहेका छन।

यसैबीच पुर्व मिस नेपाल तथा नायिक सृष्टि श्रेष्ठले पनि इन्स्टामा फोटो अपलोड गर्दै समय बिताउने गरेकी छिन। उनले सोमबार मात्रै उनका प्रेमी तथा नायक सौगात मल्लसंगको फोटो अपलोड गरेकी छिन। लकडाउनका कारण सौगात संग भेट्न नपाएको, संगै पानी पुरी अनि जेरी खान नपाइएको कुरा कवितामा उल्लेख गरेकी छिन।
आफ्नो प्रेमी सौगात संगको फोटो अपलोड गर्दै उनले यस्तो कविता लेखेकी छिन ,

लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका उनीहरुको प्रेमलाई सार्थक तुल्याउने उनीहरूको चाहाना छ। दुबैजना नेपाली चलचित्र क्षेत्रका अब्बल कलाकारहरू हुन। यो पनि हेर्नुस
नेपाली चलचित्र गाजलुबाट डेव्यु गर्दै सिने यात्र सुरु गरेकी नायिका श्रेष्ठ लजालु सोभावको छिन। लुक्स भन्दा पनि क्षमतामा विश्वास गर्ने उनी नेपाली चलचित्र क्षेत्रकी मिहिनेती नायिका हुन।









