
नेपालगन्जमा कोरोना संक्रमितको कन्ट्याक्ट टेस्टिङ गरी संकलन गरिएको स्वाबको नतिजा नेगेटिभ आइरहेको छ ।
भेरी अस्पताल नेपालगन्जमा कुल ६६ स्वाब परीक्षणका लागि आएको थियो । जसमध्ये ५४ नेपालगन्ज आसपास र १२ वटा बर्दिया र मेडिकल कलेजबाट आएका थिए ।
भेरी अस्पताल नेपालगन्जका प्रमुख डा. प्रकाश थापाले बुधबार परीक्षण सम्पन्न भएका नेपालगन्ज आसपासका ३४ नतिजा नेगेटिभ आएका छन् भने ३२ वटा स्व्वाबकोो नतिजाा आउन बाकी छ ।












