एजेन्सी :

लकडाउनको ४४ दिन बितेको छ । नेपाल लगायत नेपाली छिमेकी देश भारतमा पनि लकडउन छ । नेपाल मात्रै होइन भारतमा पनि आर्थिक कारोबार ठप्प छ ।
हामी कुरा गर्दै छौ भारतको अन्लाईन सपिङ स्टोर फ्लिपकार्टमा लकडाउनको समयमा कुन सामन बढी सर्च गरेका छन् ।
‘इंडियन एक्सप्रेस’ को रिपोर्ट अनुसार फ्लिपकार्टले लक्डाउनको समयमा फ्लिपकार्टमा सर्च गरेको सामानको डाटा निकालेको छ । उसको डाटा अनुसार मानिसहरूले लकडाउनको समयमा सबै भन्दा बढी इलेक्ट्रोनिक्स सामनहरुको सबै भन्दा बढी सर्च गरेका छन् ।
त्यसमा मोबाईल फोन , ल्यापटप र ट्रीमर सामेल छन् । फ्लिपमार्टले सर्च गरेको सामानहरुको टप १० लिस्ट निकालेको थियो जसमा सबै भन्दा बढी मोबाईल फोन सर्च गरेको पाइयो ।
त्यस संगै ट्रीमर पनि टप १० मै सामेल थियो । त्यस्तै ग्यास चुल्हो , पंखा , एसि जस्ता सामान बढी सर्च गरिएको थियो ।









