काठमाडौँ –

बिहीबार अमेरिकी डलर, कुवेत, बहराइन, साउदीसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैया ५२ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय २० रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २१ रुपैयाँ ७३ पैसा तोकिएको छ ।
एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ १२ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ १२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९३ रुपैयाँ ६ पैसा तोकिएको छ । त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३० रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्रिदर १ सय ३१ रुपैयाँ १८ पैसा रहेको छ।एक कतारी रियालको खरिददर ३३ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ३७ पैसा तोकिएको छ ।
त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ९३ पैसा तोकिएको छ । त्यसैगरी एक साउदी रियालको खरिददर ३२ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा तोकिएको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४९ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५० रुपैयाँ २९ पैसा तोकिएको छ।









