
नेपालगन्ज : बिहीबार २५६४ औँ बुद्धजयन्तीका अवसरमा नेपालगन्जमा दीप प्रज्वलन गरिएको छ ।
अहिले विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरसको रोकथाममा ठूलो योगदान गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभको लागि बिहीबार सांझ नेपालगन्जका विभिन्न स्थानहरुमा नागरिकले दीप प्रज्वलन गरिएको हो।

साथै धम्बोझी मस्जिद टोल बिकास समिती ले समेत धम्बोझी मस्जिद अगाडी दिप प्रज्वलन गरेका छन ।
बुधबार प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभको लागि दीप प्रज्वलन गर्न आग्रह गरेका थिए ।












