काठमाडौं:

कोरोनाभाइरसका कारण विश्वभर संक्रमित हुने र ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको छ। हालसम्म कोरोनाबाट विश्वका २ सय बढी देश प्रभावित भएका छन् ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शुक्रबार बिहानसम्म विश्वभरमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार ७ सय ११ पुगेको छ भने कोरोनाबाट संक्रमित हुनेको संख्या ३९ लाख १६ हजार ३ सय ३७ पुगेको छ ।
त्यस्तै विश्वभरका १३ लाख ४३ हजार ५४ कोरोना संक्रमित निको भई घर फर्किसकेका छन् । विश्वभरमा कोरोनाको प्रभाव सबैभन्दा बढी ठुला देशहरु जस्तै अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी लगायतमा परेको छ ।
आज बिहानसम्म वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अमेरिकामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ हजार ९ सय २८ पुगेको छ भने संक्रमितको संख्या १२ लाख ९२ हजार ६ सय २३ जना पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित २ लाख १७ हजार २ सय ५० जना निको भइसकेका छन् ।
त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ हजार ९ सय ५८ पुगेको छ भने संक्रमितको संख्या २ लाख १५ हजार ८ सय ५८ पुगेको छ । त्यस्तै स्पेनमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २६ हजार ७० पुगेको छ भने संक्रमितको संख्या २ लाख ५६ हजार ८ सय ५५ पुगेको छ ।












