
खजुरा- प्युठान देखि नेपालगन्जमा गर्भवति चेकजाचँ गराउन लकडाउन अघि आएका एक दम्पतिलाई खजुरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तिलकविर सुनारले सहयोग गरेका छन ।
उपचारको क्रममा बाँकेको खजुरामा साथिको घरमा बस्दै आएका उक्त दम्पतिलाई आर्थिक संकट परेपछि गर्भवति चेकजाचँ गराउन, साझ विहान खानका साथै गर्भवतिलाई पौष्टिक आहार समेत खुवाउन नसकिएको थाहा पाएर वडाध्यक्ष सुनारले आफुले व्यक्तिगत रुपमा एक महिना पुग्ने खाद्यान्न र गर्भवती चेकजाँका लागी भनेर ५ हजार रुपैया समेत सहयोग गरेका थिए ।
वडाध्यक्ष सुनारले एक बोरा चामल, ३ किलो दाल, २ लिटर तेल, ५ किलो आलु, एक क्वारेट अण्डाका साथै आर्थिक सहयोग पनि गरेका हुन । अध्यक्ष सुनारले हाल सम्म कुनैपनि मेडिकल चेकजाचँ नगराएकी गर्भवति महिलालाई आज विहान तत्काल चेकजाचँ गराउन एम्बुलेन्सको व्यवस्था गरि नेपालगन्ज पठाएका थिए ।
‘२१ वर्षिय गर्भवति सारदा खड्काको अवस्था अलि जटिल रहेको सुनेपछि मानविय नाताले मैले सहयोग गरेको हुँ’ वडाध्यक्ष सुनारले भने । आफ्नो वडामा पाहुनाका रुपमा रहेका खड्का जोडि मात्र नभएर वडाध्यक्ष सुनारले वडाभित्र रहेका जो कोहिलाई पनि आपत विपत परेको बेला सधै सहयोग गर्ने गरेको स्थानिय दाताराम पौडेलले बताए । पौडेलले भने– ‘हाम्रो वडाध्यक्षको मन कमलो छ, दुखि गरिवको सेवामा सधै लागेको देखेको छु ।’











