नेपालगन्ज :

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा पुर्व बाँके जिल्ला अध्यक्ष किशोर थापाले भारतका रक्षामन्त्री राजनाथसिंहले नेपाली भूभाग गुञ्जी, लिपुलेक हुँदै धार्चुला र मानसरोवर जोड्ने सडक उद्घाटन गरेर नेपाली सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठाडो हस्तक्षेप गरेको प्रती आक्रोश ब्यक्त गरेका छन् ।
युवा संघका केन्द्रिय सदस्य तथा लोकप्रिय युवा नेता थापाले भारतीय विस्तारवादको विरुद्धमा आफुहरु चुप लागेर वस्न नसक्ने समेत बताउनुभएको छ ।
बिश्व समुदाय नै कोरोना महामारीमा जुधिरहेको अवस्थामा भारतले छिमेकी राष्ट्र प्रति अमानवीय ब्यवहार देखाउदै नेपाली सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठाडो हस्तक्षेप गरेर आफ्नो असली रुप प्रदशन गरेको भन्दै थापाले आक्रोश ब्यक्त गर्नुभएको हो ।
‘यति बेला विश्व समुदाय कोरोना संग लडिरहेको छ , नेपाल मात्रै होइन अहिले विश्व समुदाय नै एकजुट भएर यो महामारीलाई हराउनु पर्ने समय हो तर भारतले जुन किसिमको रबैया देखाएको छ त्यो हामिलाई सह्य हुदैन’ , थापाले बताउनुभयो ।
भारतले पटक पटक अनेक बहानामा नेपालको सीमा मिच्ने तथा सीमामा आफ्नो सेना राखी नेपाल र नेपाली जनताको विरुद्धमा निरन्तर लागिरहेकाले उक्त भारतिय रबैया प्रती थापाले कडा आक्रोस व्यक्त गर्नुभएको हो ।
नेपालको एक इच्च भूमि पनि नदिने तथा उसको पनि एक इन्च भूमि नेपालले नलिने उद्घोष गरी निरन्तर रुपमा नेपाली भूमिको रक्षाका निम्ती आवाज बुलन्द गर्दै बाकेको विभिन्न कालखण्डमा युवा तथा बिद्यार्थी आन्दोलनलाई नेतृत्व गरेका थापाले लिपुलेक, कालापानी तथा लिम्पियाधुरा नेपालको भएको र त्यसमा भारतले आँखा नगार्न चेतावनी समेत दिएका छन् ।

नेपालको आन्तरिक मामिला र जल-जमिनमा धावा बोल्ने भारतीय विस्तारवाद विरुद्धमा कुनै पनि कदम चालन बाध्य युवाहरु तयार हुने थापाले चेतावनी समेत दिनुभएको छ ।
युवा संघका केन्द्रिय सदस्य तथा बाँकेका लोकप्रिय युवा नेता समेत रहेका थापाले नागरिक समाज संग कुरा गर्दै ‘लिपुलेक हाम्रो हो ! कालापानी हाम्रो हो !! लिम्पियाधुरा हाम्रो हो ! यदि भरतले आफ्नो रबैया माथी लगाम नलाए युवाहरु चुप नबस्ने र त्यसको नेतृत्व पश्चिम नेपालबाट आफुले लिने समेत बताउनुभएको छ ।
नेपाली भूमि अतिक्रमण गर्दै भारतले मानसरोवरको बाटो खोलेको छ । भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उत्तराखण्डको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ)ले कैलाश मानसरोवर रुटलाई चीनको बोर्डरसम्म जोडेको छ।
कोभिड-१९ को महामारी सामना गर्दै बीआरओले १७ हजार ६० फिट उचाइमा रहेको कैलाश मानसरोवरमा बाटो विस्तार गरेको हो ।’ उक्त भारतीय रक्षा मन्त्रालयको विज्ञप्ति संगै नेपालमा विभिन्न संगठन तथा त्यसका नेताहरू बिरोध स्वरुप चेतावनी दिदै आएका छन् ।











