
विश्व जगतलाई नै त्रसित पार्दै फैलिएको कोरोना भाइरस र कोरोनाको संक्रमणको सम्भावित सम्भावनालाई मध्यनजर गर्दै बाँकेको खजुरा गाउँपालिका वडा नम्बर दुईका जनप्रतिनिधिहरु वडाभरी नै निगरानी गर्दै आएका छन् ।
खजुरा गाउँपालिका र आफ्नो वडामा बाहिरी ब्यक्तिहरु अनावश्यक रुपमा प्रवेश नगरुन र वडा प्रवेश गर्ने ब्यक्तिहरु पहिचान गर्न लाई गाउँपालिका तथा वडा प्रवेश गर्ने नाकामा हेल्प डेक्स स्थापन गरेर वडाको निगरानी बढाएका छन् ।
खजुरा गाउँपालिका वडा नम्बर दुईका अध्यक्ष देविलाल शर्मा , वडा सदस्य नन्दलाल गुर्ताल सहितका जनप्रतिनिधि , गाउँले तथा प्रहरी लगायतका टोलिले हेल्प डेक्स स्थापन गरेर गाउँ आवतजावतमा निगरानी बढाएको हो । वसा नम्बर दुई तथा खजुरा गाउँपालिका र जानकी गाउँपालिकाको सिमान सि गाउँ भैयापुरमा हेल्प डेक्स स्थापन गरेर वडाका जनप्रतिनिधि तथा स्थानियले वडामा निगरानी बढाएका छन् । कोभिड १९ संक्रमणको त्रासका बिच यस्तो किसिमको वडाको कदमलाई स्थानियले प्रशंसा संगै साथ दिएका छन् ।









