बाँकेमा देखिएको नयाँ सङ्क्रमित पनि नेपालगन्ज वडा नम्बर ८ कै

नेपालगन्ज :

बाँकेमा आज देखिएको नयाँ कोरोना सङ्क्रमित पनि नेपालगन्ज वडा नम्बर ८ कै रहेको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–८ का एक युवकमा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना सङ्क्रमण पोजिटिभ देखिएका १६ वर्षीय  वडा नम्बर ८ कै भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यसअघि सोही ठाउँका २२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । नेपालगञ्जमा पहिलोपटक  यही वैशाख १९ गते वडा नम्बर ७ डिएसपी रोडका ६० वर्षीय पुरुषमा पहिलोपटक सङ्क्रमण देखिएको थियो |

दुई दिनअघि बुधबार सङ्क्रमित क्षेत्र वरपर वडा नम्बर ८ बाट लिइएको स्वाबको परीक्षणका क्रममा एकमा पोजिटिभ देखिएको हो ।

प्रतिक्रिया