
ज्ञानु सङ्गम खड्का/नेपालगन्ज : विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोनाको ग्राफ नेपालगन्जमा दिनप्रतिदिन उकालो लागेपछि स्वाब परिक्षण कार्यलाई तिव्रता दिइएको छ।
शनिबार मात्रै नेपालगन्जबाट थप १६२ स्वाब संकलन गरिएको छ । नेपालगन्जको टाँगा स्टेन क्षेत्रबाट संकलन गरिएको ती स्वाबहरुलाई परिक्षणका लागि शनिबार नै काठमाडौं स्थित टेकु अस्पतालमा पठाइएको छ जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार नेपालगन्जका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र केही पत्रकारसमेतको आज शनिबार स्वाब संकलन गरिएको हो।
कोरोनाको उच्च जोखिमम रहेको नेपालगन्जमा हालसम्म २४ जना कोरोनाका संक्रमित पुष्टि भइसकेका छन। ती संक्रमित सबैजनाको खजुरा स्थित सुशील कोइराला क्यान्सर अस्पतालमा बनाइएको आइसोलेशनमा उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य सामान्य रहेको बताइएको छ।











