नेपालगन्ज :

नेपालगन्जका अधिकाश बैंकका अगाडीआइतबार ठूलो भिड देख्न सकिन्थ्यो । बैंकले आफ्नो ग्राहकलाई सेनिटाइज संगै टोकन र पालैपालो भित्र पस्न दिए पनि बैंक बाहिर भने सयौंको संख्यामा भिड रहेको छ ।
बैंक बाहिर रहेको भिडमा नत सामाजिक दुरिको पालन गरिएको छ नत भिडलाई ब्यवस्थापन नै ।
कोरोनाको अति उच्च जोखिममा रहेको नेपालगन्जमा हाल सम्म २४ कोरोना पोजेटिभ पुष्टि भैसकेको छ ।
कोरोनाको ईपि सेन्टर बनेको अवस्थामा अझै ठूलो दायरामा प्रशासनले कोरोना चेकजाँचको रणनीति लिदै गैरहेको बेला बैंक तथा बित्तीय संख्याहरुको अगाडी यसरी ठूलो मात्रामा सामाजिक दुरि उलंघन हुनु आफैमा नेपालगन्जको लागि कति घातक छ त्यो आफैमा ठूलो प्रश्न चिन्ह बनेको छ ।
नाम नखुलाउने शर्तमा एकजना बैंकका ग्रहकले भने – ‘खाचो छ त्यसैले आउनुपरेको छ तर यहाँको भिड हेर्दा पैसा होईन कोरोना लिएर फर्किने त होईन ? आफैमा शंका लाग्छ ‘
बैंकको अगाडी रहेको उक्त भिड बैंकको ब्यवस्थापन संगै हामी जनताको समेत लापरबाहीको एउटा नमुना हो ।











