भारतको दिल्लीमा कोरोना महामारीबीच भूकम्पको महसुस

एजेन्सी, २८ वैशाख ।

 भारतको दिल्ली एनसीआरमा कोरोना महामारी बीचमा आज भूकम्पको महसुस गरिएको छ । करिब दिउँसोको १ बजेर ४५ मिनेटमा भूकम्पको महसुस गरिएको जनाइएको छ ।

दिल्लीमा पहिला तूफान आएको र पछि भूकम्पको झट्काको महसुस गरेको भारतीय मिडियामा उल्लेख छ । मिडियाका अनुसार ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो। कोरोना भाइरसको संक्रमणको यो समयमा भारतलाई भूकम्पले पनि सताएको छ ।

भूकम्पले दिल्लीका मानिसहरुमा कोरोनाको डरमाथि थप डर थपेको छ । भारतको धेरै स्थानमा अचानक मौसम बदलिएको जनाइएको छ ।

राजधानी दिल्ली, नोएडा, गाजियाबादका धेरै स्थानहरुमा आँधी – र तूफान बताइएको छ । धुलै धुलोले भरेको हावा फैलिरहेकोले केही देखन नसक्ने भएको आजतकले जनाएको छ।

प्रतिक्रिया