
नेपालगन्ज: लकडाउनको ४८ औँ दिन नेपालगन्जका विभिन्न चोकमा प्रहरीले कडाइ गरेको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरेको लडाउनमा बाँके प्रशासनले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अत्यावश्यक पसल खोल्न दिएको छ।
अन्य समयभन्दा यहीँ ११देखि ३ बजे बीचको समयमा मानिसहरूको भिडभाड हुनेभएपछि बाँके प्रहरीले नेपालगन्जको धम्बोझी चोक, त्रिभुवन चोक, सेतु बिक चोक, गणेशमान चोक, बिपी चोक लगायतका चोकमा विशेष कडाइ गरेको छ।
यसरी मुख्य चोकमा प्रहरीको कडाइले मानिसहरुको भिडभाड नभएपनि नेपालगन्जका भित्री सडकहरुमा भने मानिसहरूको बाक्लो भिड रहने गर्छ। हालसम्म नेपालगन्जमा २४ जनामा कोरोना देखिएको भएपनि नेपालगन्जवासीहरु त्यति गम्भीर भएको पाइँदैन ।











