काठमाडौं –

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट साउदी एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा साउदीको जेद्दा क्षेत्रको मदिनामा रहेका एक नेपाली रहेका छन् ।
उनको कोरोनाको संक्रमणबाट मृत्यु भएको हो । जेद्दामा रहको महावाणिज्य दूतावासका अनुसार हालसम्म जेद्दामा४५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।
यस क्षेत्रमा कोरोना देखिएका १० जना भने उपचारपछि निको भइसकेको जनाइएको छ । साउदीमा हालसम्म कोरोनाको संक्रमणबाट २ सय ४६ जनाको मृत्यु भइसकेको छ । भने ३९ हजार बढी संक्रमित भइसकेका छन् ।











