नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको टप ७ मा पुगे

काठमाडौं –

अमेरिकन आइडलमा पुगेका नेपाली गायक दिवेश पोखरेलको पछिल्लो समय निकै चर्चा भइरहेको छ । शुरुवातदेखि नै धमाकेदार प्रस्तुती दिदै आएका दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट सातमा पुगेका छन्। 

उनले आइतवार पनिज निकै राम्रो प्रस्तुती दिएका छन् । उनले गाएको डिज्नेको ‘लिटल मर्मेड’ को ‘किस द गर्ल’ गीत निर्णायकहरुले निकै नै मनपराएका छन् । उनको राम्रो प्रस्तुतीले उनी अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुगेका हुन् ।  

अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुग्ने उनी पहिला नेपाली हुन् । उत्कृष्ट ७ मा पुगि सकेका उनको भोटिङ्ग कोड १६ रहेको छ । आफु अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुग्दा उनी निकै खुसी भएका छन् ।  

प्रतिक्रिया