लकडाउन खुकुलो पारे संगै जर्मनीमा बढ्यो कोरोना संक्रमितको आकडा

एजेन्सी :

लकडाउन खुकुलो पारे संगै जर्मनीमा बढ्यो कोरोना संक्रमितको आकडा

जर्मनको आधिकारिक डाटाले जर्मनिमा लकडाउनलाई खुकुलो बनाए संगै कोरोना संक्रमणको मामला बढेको छ ।

लकडाउनलाई खुकुलो बनाएको एक दिन पछि नै त्यस्तो आकडा बढेको राबर्ट कोच ईन्स्टिच्युटले बताएको छ ।

एजेन्सीको अनुसार देशमा कोरोना संक्रमणको खतरा अझै उच्च रहेको छ भने एक ब्यक्तिले कतिजनालाई कोरोना सार्न सक्छ सो दर समेत बढेको बताइएको छ ।

जर्मन कोरोना संक्रमणको हिसाबले बिश्वमा सातौ प्रभावीत देश हो । यहाँ एक लाख ७१ हजार भन्दा बढी कोरोना संक्रमीत रहेका छन् ।

प्रतिक्रिया