खेतीपाती देखी गर्भवती बोक्ने ‘लडिया’ (फोटो कथा)

रामु ओलि :

खेतीपाती देखी गर्भवती बोक्ने 'लडिया' (फोटो कथा)
तस्बिर :रामु ओली/ नागरिक समाज

जानकी गाउँपालिका वडा नम्बर दुईका कमलेश यादव लकडाउनको समयमा गहुँ काटेर बाझो रहेको खेतमा कम्पोस्ट मल (गाई बस्तुको मल) बारिमा छर्दै थिए । घर देखि बारिको दुरि करिब देश दुई किलोमीटर छ अनि खेतमा मल छर्न उनले आफ्नो पुरानो लडियालाई प्रयोग ल्याएका छन् ।

यादव मात्रै होइनन् उनका छिमेकी पनि लगभग लोप भैसक्न लागेका लडियामा यतिबेला मल बोल्दै छन् । विभिन्न स्थानमा लडियाकै सेरोफेरोमा रहेका उस्तै प्राकृतिको साधानलाई लडिया , बयलगाडा , डल्लफ , गाडा जस्ता नाम भन्ने गरिन्छ ।

त्यसमा गाडा र बयलगाडा केही पुरानो प्राकृतिको हो , लडिया वा डल्लफ त्यसैको परिस्कृत रुप हो भन्दा फरक नपर्ला ।

स्थानियमा ट्याक्टरको सर्वसुलभता अगाडि यिनै सवारीसाधनको रुपमा रहदै आएका थिए त खेतिपाती देखी ढुवानी सम्म र अपरझट पर्दा एम्बुलेन्स सम्मको काममा प्रयोग हुन्थे । अझै पनि केही ग्रामिण इलाकामा लडियालाई गर्भवतीलाई अस्पताल सम्म पुर्‍याउन पनि प्रयोग हुँदै गरेका विभिन्न समाचार रिपोर्ट आउने गर्छन् ।

ती केही र कहिलेकाहीका उदाहरण हुन् , नेपालका तरका ग्रामीण इलाकामा अहिले पनि एम्बुलेन्स र स्वास्थ्य चौकीको सर्वसुलभ छैनन् भए पनि ती सेवासुबिधा छैनन् जसले गर्दा सदरमुकामकै मुख ताक्नुपर्ने हुन्छ त्यस्तो अवस्थामा कतिपय स्थानमा लडिया नै एम्बुलेन्स बनेका छन् ।

तर जानकी वडा नम्बर दुइका यादवले लामो समयपछि खेतमा मल छर्नको लागि लडिया झिके , ट्याक्टरको प्रयोग गर्नको साटो उनले लडिया रोजे । ट्याक्टर आफू संग छैन, बारिमा मल छर्न ट्याक्टर भन्दा लडिया नै उपयुक्त हुने यादवको जिकिर छ ।

खेतीपाती देखी गर्भवती बोक्ने 'लडिया' (फोटो कथा)
तस्बिर :रामु ओली/ नागरिक समाज
खेतीपाती देखी गर्भवती बोक्ने 'लडिया' (फोटो कथा)
तस्बिर :रामु ओली/ नागरिक समाज
खेतीपाती देखी गर्भवती बोक्ने 'लडिया' (फोटो कथा)
तस्बिर :रामु ओली/ नागरिक समाज

प्रतिक्रिया