नेपालगन्ज :

नेपालगन्जका अधिकाश बैंकहरुको अगाडि अव्यवस्थित र सामाजिक दुरि उलंघन भएको भिडको (ग्राहक) विषयलाई लिएर स्थानिय तथा राष्ट्रिय संचारमाध्यममा हिजो र आज समाचार प्रकाशित भए पछि आज केही बैंकहरुले आफ्ना ग्राहकहरुलाई लामबद्द पारेर ब्यवस्थापन गरेका छन् ।
विशेषगरी हिजो (आइतबार) सांग्रिला डेभलपमेन्ट बैंक , एसबीआई बैंक, एभरेस्ट बैंक, ग्लोबल आइएमइ लगायतका बैंकको अगाडी सामाजिक सुरक्षा भत्ता लिन आएका तथा आफ्ना नियमित ग्राहकलाई ब्यवस्थापन गर्न नसक्दा बनेको भिडको तस्वीर विभिन्न अन्लाईन तथा सामाजिक संजालमा पुगेको थियो ।
विभिन्न संचारमाध्यममा समाचार प्रकाशित भएपछि आलोचित भएको नेपालगन्जका बैंकहरुले आज भने भिड ब्यवस्थापन गरेका छन् । जुन कार्यको नगरबासीले प्रशंसा समेत गरेका छन् ।
कोभिड १९ महामारीको समयमा सामाजिक दुरि कायम गर्नु नै एकमात्र विकल्प रहेको हुदा बाके प्रशासनले समेत जनता कर्फ्युको घोषणा गरेको छ भने देशभर नै लकडाउन गरिएको छ ।
तर अत्यावश्यक काम र अत्यावश्यक सामान खरिदबिक्रीका लागि प्रशासनले बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म लकडाउनलाई केही खुकुलो पारेको छ ।











