सुर्खेत :

पञ्चपुरी नगरपालकिा–६ ले १३ औं दक्षिण एसियाली खेलकुद सागमा कास्यपदक ल्याउने खेलाडी लाई सम्मान गरेको छ । सागमा खो – खो खेलमा कास्यपदक ल्याउने पञ्चपुरी –६ का टेकबहादुर रोकायलाई आइतवार वडाले सम्मान गरेको हो ।
सोही वडाका स्थानीय समेत रहेका रोकायले नेपालको तर्फबाट १३ औं सागको खो–खो खेलमा टिमको कप्तान को भुमिका निभाएका थिए ।
पञ्चपुरी नगरपालिका –६ का वडा अध्यक्ष खड्क बहादुर थापाले अन्तराष्ट्रिय स्तरमा बाबियाचौरका खेलाडीले नाम राख्नु सुर्खेत र पञ्चपुरीकै लागि खुसीको कुरा भएको बताए ।
‘अबका दिनमा यस्ता सयौं खेलाडी हाम्रो ठाउँ बाट प्रतिनिधित्व हुने आशा छ ।’ अध्यक्ष थापाले भने,अब स्थानीय तहबाट पनि खेलकुदलाई प्राथमिकताका साथ अगाडि बढाइने छ ।
खेलाडी राष्ट्रका गहना भएको हुदा स्थानीय तहले पनि खेलकुद को विकासका लागि आवश्यक सहयोग गर्नुपर्नेमा थापाको जोड थियो । स्थानीय समाजसेवी इन्द्र रावलले आफ्नै गाउँठाउँका खेलाडीले गरेको प्रगतिको निरन्तामा सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै दलित अगुवा शेर बहादुर सार्कीले समाजमा पिछडिएको क्षेत्रका रुपमा रहेको दलित समुदायको छोराले खेलकुद जस्तो गरिमामय क्षेत्रमा गरेको प्रगतिको प्रशंसा गरे ।
सम्मान ग्रहण गर्दै रोकायले खेलकुदमा आफुले गरेको उपलब्धि लाई आफ्नो वडाले सम्मान गर्नु आगामी खेलकुद यात्राको लागि थप हौसला भएको बताए । रोकायले आगामी दिन पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा खेल खेल्न थप सहयोग भएको बताए ।
यस क्षेत्रका अन्यखेलाडीलाई पनि राष्ट्रिय खेलकुदमा पनि समेटन सकिने भएकोले थप मेहनत गर्न अन्य खेलाडीलाई सुझाव दिएका थिए ।










