खजुराका स्वास्थ्यकर्मी माथि ज्यान मार्ने धम्की


खजुरा गाउँपालिका वडा नम्बर ७ स्थित रहेको स्वास्थ चौकिका कर्मचारीहरुलाई स्थानिय केहि व्यक्तिले कुटपिट सम्मको धम्की दिएका छन ।

स्वास्थ चौकिमा कार्यरत हाल बर्थिङ्ग सेन्टरको जिम्मेवारी समालेकी आशा सेटिको आफ्नो बच्चा बिरामी भएपछि उक्त दिन राति आउन नसक्ने कारण देखाएपछि स्वास्थ चौकि इन्चार्जले अनुमति दिएपछि एक रातको लागी विदामा गएको विषयलाई लिएर स्थानिय रफि भाटले ज्यान मार्ने सम्मको धम्की दिएका हुन ।

स्थानिय रफि भाटले आफ्नो आफन्तलाई सुत्केरी गराउन बर्थिङ्गसेन्टरमा ल्याउदा कर्मचारी नभएको भन्दै कार्यलयमा आएर अपसब्द प्रयोग गर्दे कर्मचारहिरुलाई बाहिर भेटेमा हात खुट्टा काट्ने सगै ज्यान मार्ने धम्की समेत दिएको चौकि इन्चार्ज सुदिप पौडेलले जानकारी दिए । स्वास्थ चौकिका सम्पुर्ण कर्मचारीहरुले धम्की दिने रफि भाटलाई कार्वाहि गर्नुपर्ने माग गरेका छन ।

धम्की दिने भाटलाई कार्वाहि नगर्दा सम्म स्वास्थकर्मिहरुले उक्त स्वास्थ चौकिदेखि सेवा दिन नसक्ने भन्दै भोलि मंगलबार देखि स्वास्थ शाखामा गएर हाजिर लाउने चौकि इन्चार्ज पौडेलले जानकारी दिएका छन ।

स्वास्थ सस्थामा आएर स्वास्थकर्मिको कुरै नसुनि जथाभावि बोल्दै ज्यान मार्ने सम्मको धम्की दिनु कर्मचारीको मनोबल घट्नुहो भन्दै कर्मचारीहरुले आफ्नो जिउधनको सुरक्षाको माग गर्दे इलाका प्रहरी कार्यालय धनौली, वडा नम्बर ७ को कार्यालयमा समेत दोसिमाथि कार्वाहिको माग गर्न निवेदन दिएका छन ।

प्रतिक्रिया