अभिनेत्री उर्बशीद्वारा कोरोना नियन्त्रण कोषमा ५ करोड सहयोग

काठमाडौँ : बलिउडकै चर्चित अभिनेत्री हुन् उर्बशी रौतेला । धेरैजसो नयाँ फिल्म र फोटोशुटका कारण चर्चामा आइरहने अभिनेत्री उर्बशी पछिल्लो समय कोरोनाभाइरसका कारण घरमै छिन् ।

भारतिय मिडियाका अनुसार हालै उनले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग गरेकी छिन् । 

उनले कोरोनाविरुद्ध लड्न राहत कोषमा पाँच करोड सहयोग गरेको बताइएको छ । यसअघि पनि बलिउडका अन्य कलाकारले कोरोना कोषमा सहयोग गरेका थिए ।

उर्बशीले गरेको यो सहयोग भने धेरै नै हो । पछिल्लो समय कोरोनाभाइरसको संक्रमण भारतमा तिव्र रुपमा फैलिरहेको छ । 

प्रतिक्रिया