नेपालगन्ज :

स्थानीयस्तरका समस्यालाई नितिगत रुपमा सम्बोधन गर्न नागरिक अगुवाहरुले जोड दिएका छन ।
पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज आइतबार आयोजना गरेको सभामा समुदायस्तरका नागरिकसंग प्रत्यक्ष सरोकार राख्ने सवालहरुको बारेमा कार्यन्वयन तथा व्यवस्थापनका लागि प्रदेश सरकारको ध्यानाकषर्ण गराइएको थियो ।
कार्यक्रममा बाँकेको डुडुवा गाउँपालिका अन्र्तगत रहेको शिक्षाको गुणस्तरियता, कृषि, स्वास्थ्य, सडक, नदी कटान तथा डुबान, विपत लगायतका विभिन्न सवालहरुलाई उठान गरिएको थियो ।
गाउँपालिका अन्र्तगत गठित स्थानीय सभाका संयोजक हरिबहादुर रेउले र भागीरथी चन्दले स्थानीय सभाको बैठकमा आएका सवाललाई छलफल गरि आएको कम्दीमा भेरी डिष्टलरीको प्रदुषण, सिचाईका लागि डिप बोरिङको व्यवस्थापन, कृषकले उत्पादन गरेका तरकारीको बजारीकरण, स्वास्थ्य सरसफाई तथा सार्वजनिक शौचालयको व्यवस्थापन लगायतका समस्या तथा सवाल उठाउनुभएको थियो ।
कार्यक्रममा सहभागि प्रदेश नंं ५ का सदस्य सुरेन्द्र हमालले उठेका सवालहरु सबै गम्भीर भएकाले प्रदेशस्तरबाट हुने समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता गर्दै शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा स्थानीय सरकारको प्रमुख भुमिका रहेको बताउनुभयो । उहाँले प्रदेशले पनि विभिन्न विषयलाई समेटेकाले विकास निमार्ण तथा अन्य आधारभुत कुराका लागि पहल गर्ने भन्दै केही कुराहरु नितिगत व्यवस्थापन गर्नुपर्ने भएकाले त्यसका लागि संसद बैठकमा आवाज उठाउने बताउनुभयो ।
कार्यक्रममा अधिकारकर्मी रविन्द्र कर्ण, विष्णुलाल कुमाल, कृष्णमुरारी प्रसाद भट, जहिरुल हक जिनु, हेमा थाप, सुर्यलाल यादव, लगायतले बोल्नु भएको थियो । संस्थाका प्रोग्राम म्यानेजर रविन्द्र ज्ञवालीले संचालन गर्नुभएको कार्यक्रमको समापन अध्यक्ष विश्वजीत तिवारीले गर्नुभएको थियो । संस्थाले नागरिक समाज र सरकारविच सम्वन्ध र सुशासनको क्षेत्रमा स्थानीय तहलाई केन्द्रीत बनाएर परियोजना संचालन गरेको छ ।









