नेपालगन्ज : नेपाली भूमि लिपुलेक अतिक्रमणको विरोधमा राष्ट्रिय प्रजातान्त्र पार्टी बाँकेले नेपालगन्जमा बिरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनका क्रममा प्रदर्शनकारीले अतिक्रमित जग्गा फिर्ताको पहल गर्न आग्रह गर्दै नाराबाजी गरेका थिए ।
राप्रपा निकट भातृ संगठन तथा राप्रपा बाकेको आयोजनामा उक्त बिरोध प्रदर्शनमा केपि ओलि सरकारको राजिनामा समेत माग गरेका थिए ।
भारत सरकारले नेपालको भुमी मिचेर बाटो बनाएपछि देशभर बिरोध संगै प्रदर्शन गरिदै आएका छन् ।












