तरुण दल बाँकेद्वारा पनि नेपालगन्जमा बिरोध प्रदर्शन

नेपाली भूमि लिपुलेक अतिक्रमणको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन तरुण दल बाँकेले नेपालगन्जमा बिरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीले अतिक्रमित जग्गा फिर्ताको पहल गर्न आग्रह गर्दै नाराबाजी गरेका थिए ।

कांग्रेस निकट भातृ संगठन तरुण दल तथा नेपाली कांग्रेस बाँके, नेविसंघ लगायतको उपस्थितिमा उक्त बिरोध प्रदर्शनमा केपि ओलि सरकारको राजिनामा समेत माग गरेका थिए ।

भारत सरकारले नेपालको भुमी मिचेर बाटो बनाएपछि देशभर बिरोध संगै प्रदर्शन गरिदै आएका छन् ।

सिमा अतिक्रमणका विरुद्ध जिल्ला प्रशासन कार्यालय प्रमुख मार्फत प्रधानमन्त्री के-पी-शर्मा वलीलाई नेविसंघले ज्ञापनपत्र पनि बुझाएको नेविसंघका बाँके सचिव चक्र रावतले बताए ।

उक्त ज्ञापनपत्र मार्फत सरकारले भारतसँग उच्च स्तरीय कुटनैतिक पहल गरेर समाधान गर्न भनिएको छ ।

तरुण दल बाँकेद्वारा पनि नेपालगन्जमा बिरोध प्रदर्शन

फोटो : नाफिस अहमद (गुड्डु)

प्रतिक्रिया