सुर्खेत रोड उर्फ नेपालगन्जको नयाँ सब्जी मन्डी (फोटो)

नेपालगन्ज :नेपालगन्जका हरेक चोक , सडक र भित्र गल्लीहरुमा समेत आजभोलि तरकारी खरिदबिक्रीका लागि राखिएका ठेला अनि त्यसकै छेउछाउमा अत्याधिक भिड देख्न सकिन्छ । प्रत्येक सय मिटरको दुरिमा एक वा त्यो भन्दा बढी ठेलामा हरियो तरकारी र फलफूल राखिएको कृतिम बजार अहिलेको नेपालगन्जको बाध्यता या परिस्थिति हो ।

बाँके प्रशासनले शुक्रबार देखी लागू हुने गरि अत्यावश्यक सामान खरिदबिक्रीका लागी बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्मका लागी लकडाउनलाई केही खुकुलो पार्ने रणनीति लिएको छ । तर बाके प्रशासनले सब्जी मण्डि संचालनमा भने रोक लगाएक्क छ । सब्जी मन्डीमा रोक लगाए संगै तिनै ब्यापारी सडकमा ठेला मार्फत तरकारी व्यापार गर्दै आएका छन् ।

रानितलाउ छेउको सब्जी मण्डि र नर्सिङ होम नजिकैको सब्जी मन्डी बन्द गरे संगै अहिले हरेक टोलटोलमा र बाटोमा सब्जिका ठेलाहरुले अस्तित्व पाएका छन् । उसो त लकडाउन पुर्व त्यस्तो अवस्था थिदै थ्केन भन्ने होईन तर यो मात्रामा भने पक्कै थिएन ।

तरकारी र तरकारीको ठेला ब्यापार र भिडको विषयमा नेपालगन्ज उपमहानगरपालिकाको मुख्यद्वार अझै प्रचलित बनेको छ । लकडाउन पुर्व साझको समयमा नजिकैको तरकारी मन्डी छेउछाउमा रहने त्यस्ता बजार अहिले भने उपमहानगरपालिकाको मुख्यद्वार सम्मै पुगेको छ जहाँ लकडाउन खुकुलो रहेको समयमा पाइला टेक्ने ठाउँ सम्म मुस्किल हुन्छ ।

तस्वीर :ज्ञानु खड्का /नागरिक समाज

प्रतिक्रिया