नेपालगन्ज : चर्चित गायिका टीका सानुले लकडाउनका कारण दुःख पाएका विपन्न वर्गलाई राहत प्रदान गरेकी छिन। कोरोना भाइरस अनि लकडाउनका कारण उनी अहिले दाङमा रहेको आफ्नो घरमा रहेकी छिन।
गीतसंगीत संगै समाज सेवामा अग्रसर हुन चाहने उनले सोमबार आफ्नो फेसबुकमा एक स्टाटस मार्फत आफुले राहत प्रदान गरेको जानकारी गराएकि हुन। उक्त राहत गरिब , दुखीलाई प्रदान गरेकेको उनले स्टाटस मार्फत जनाएकी छिन। यस्तो छ उनको फेसबुक स्टाटस :
नमस्कार म लोक तथा दोहोरी गायिका टीका सानू !
हामी यतिखेर निकै आपत बिपत को घडी मा छौ ।
यो बेला राज्यले गर्छ भनेर बाटो हेर्नुभन्दा पनि आफ्नो वरपर रहेका बिपन्न बर्ग का गरिब मजदुर घरबार बिहिन नेपालीहरुलाई सहयोग गर्नु मानिसको ठूलो कर्तव्य हो जस्तो लाग्छ मलाई।
सायद म इन्द्रेणी कार्यक्रममा काम गर्छु भन्ने थाहा पाएर होला मलाई धेरै जनाले फोन गर्नुभयो हामी खान पाएनम भन्दै मलाई एकदम दुख लाग्यो। म कुनै सम्पन्न शाली व्यक्ति होइन तर धन नभए पनि मन भने भएकै मान्छे हुँ।
मैले धेरै कुरा मनमा खेलाएँ अनि निर्णय गरे । मेरो लाइक पेज बाट लाइभ गएर तिनै समस्यामा परेका परिवारका समस्या सुनाए पछि मलाई बिस्वास गर्नुहुने माया गर्नुहुने धेरै जना प्रदेशी तथा स्वदेशी दाजुभाइ दिदी बहिनीले फोन गरेर हौसला साथै केही पैसा पनि सहयोग गर्दै हुनुहुन्छ !
म एकदम खुशी छु मैले उठायको कदम मा सहभागी हुने सम्पुर्ण दाजुभाइ लाई मुरि मुरि धन्यवाद । आज देखि मेरो यात्रा सुरु भएको छ । यो व्यवस्थापनको लागि सुमन केसी ज्यु लाई अनि राहात दिनुहुने आदरणीय दाइ जयराम वलि लाई मुरि मुरि धन्यवाद छ । हजुर हरु पनि यो यात्रा मा सहभागी बन्न सक्नुहुनेछ धन्यवाद ।









