यूएईमा कोरोनाको संक्रमणबाट २ नेपालीको मृत्यु

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण यूएईमा २ जना नेपालीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा अर्घाखाँचीका ३९ वर्षका एक युवा र अर्का नाम नखुलेका युवा रहेका छन् ।

उनीहरु यूएईको आबुधाबीमा रहेको एक रेष्टुरेन्टमा कार्यरत रहेका थिए । उनीहरुको मंगलबार कोरोनाको संक्रमणबाट मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि अर्घाखाँचीका युवा आबुधावीको ब्रुजेल अस्पतालमा भर्ना भएका थिए ।  उनको अस्पतालमा भेण्टीलेटरमा राखेर उपचार हुँदै गर्दा मंगलबार मृत्यु भएको जनाइएको छ ।

त्यस्तै अर्का युवाको पनि अलऐन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । उनको भने नेपालमा ठेगाना नखुलेको जनाइएको छ । 

प्रतिक्रिया