खजुरा : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ले आफ्नो वडामा चार वटा क्वारेन्टाइन स्थापना गर्ने भएको छ । वडा कार्यालयले आज एक भेलाको आयोजना गरि भारत तथा तेस्रो मुलुक बाट भित्रिने वडाका वासिन्दालाई तत्कालका लागी क्वारेन्टाइनमा राख्न वडा कार्यालयले पायकपर्ने स्थानमा क्वारेन्टाइन स्थापना गर्न पहल अघि सारेको छ ।
वडाध्यक्ष तिलकविर सुनारको संयोजकत्वमा ११ सदस्यीय कमिटि समेत गठन गरिसकेको छ । समितिले अनुगमन गर्ने, क्वारेन्टाइनको व्यवस्थापन गर्ने काम गर्ने छ । आज भएको समितिले जिल्लाकै उत्कृष्ठ क्वारेनटाइन बनाउन कसरत गर्ने वडाध्यक्ष तथा कमिटिका संम्योजक तिलकविर सुनारले जानकारी दिए ।
मुल कमिटिमा वडा कार्यालयका जन प्रतिनिधि, वडामा रहेका शिक्षक प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, विभिन्न राजनितिक दलका प्रतिनिधि रहेका छन ।
क्वारेन्टाइन निमार्ण गर्न स्थानिय विद्यालयको भवन प्रयोगमा ल्याइने वडा कार्यालयले जनाएको छ । प्रत्येक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष था सदस्यहरुलाई समेटेर वडा सदस्य सहित उप समिति पनि निर्माण गरिएको जनाइएको छ ।









