नेपालगन्ज उपमहानगरपालिकाद्वारा पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ। कोरोना महामारीका बाबजुद पनि फिल्डमा खटिएर निरन्तर रिपोर्टिङ गर्ने विभिन्न सञ्चार माध्यममा आवद्ध बाँकेका पत्रकारलाई बिहीबार उपमहानगरपालिकाले स्वास्थ्य सामाग्री प्रदान गरेको हो।

उपमहानगरपालिका परिसरमा बाँकेका ६५ बढी पत्रकारलाई मास्क, स्यानिटाइजर र एनसिएलको सिम वितरण गरिएको नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापाले जानकारी दिइन।

दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा फिल्डमा गएर रिपोर्टिङ गर्ने पत्रकार पनि जोखिममा रहने भएकोले स्वास्थ्य सामाग्री वितरण गरिएको उपमेयर थापाले बताइन।

प्रतिक्रिया