नेपालगन्ज: बाँकेको भेरी अस्पताल नेपालगन्जले आफ्नो कोरोना चेकजाँचको नतिजामा बिश्वस्त रहन र निर्धक्क रहन अनुरोध गरेको छ ।
भेरी अस्पतालले आरटी पिसिआर गर्दा पोजेटिभ देखिएका केही नमुना गुणस्तर मापनको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको र आफ्नो नतिजा र टेकुको नतिजा एकै रहेकोले भेरी अस्पतालको नतिजामा ढुक्क हुन अनुरोध गरेको हो ।












