नेपालगन्ज :

नेपाली परिकारलाई प्रवर्द्धन गर्न अंग्रेज़ी नयाँ बर्ष नेपालगन्जमा फुड फेस्टिवल गरिने भएको छ ।
स्थानिय नेपाली परिकारहरुलाई प्रवर्द्धन गर्नका लागी भिन्टेक कलेज अफ होटेल एन्ड टुरिज्म नेपालगन्जले फेस्टिवल आयोजना गर्ने भएको हो ।
फेस्टिवलमा सात वटै प्रदेशका दुई दुई वटा स्थानिय परिकार पस्कने कलेजका प्रिन्सिपल गजेन्द्र मल्लले जानकारी गराएका छन् ।
फेस्टिवलमा एक सय रुपैयाँमा एक प्रदेशको परिकार खान मिल्ने व्यवस्था मिलाइएको कलेजका संचालक ( एमडी ) सरोज कुमार चन्दले बताउनुभयो ।
नयाँ वर्ष र नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन नेपाली स्वादलाई प्रवर्द्धन गर्न लागिएको अन्तरक्रिया कार्यक्रममा संचालक चन्दले बताए ।
फुड फेस्टिवल अंग्रेजी नयाँ बर्षको दिन बिहान ९:३० देखी बेलुकी ४ बजे सम्म संचालन हुने आयोजकले जनाएको छ ।













