विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो, हेर्नुस कुन देशमा कति ?

काठमाडौं : कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शुक्रबार बिहानसम्म विश्वभरमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ३ सय ७१ पुगेको छ भने संक्रमितको संख्या ४५ लाख २५ हजार ४ सय  २० पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका १७ लाख ३ हजार ८ सय ८ जना उपचारपछि निको भएका छन् । 

कोरोनाभाइरसले विश्वका ठुला देश अमेरिका, इटाली, स्पेन, फ्रान्स लगायतमा बढी प्रभाव पारेको छ । हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ८६ हजार ९ सय १२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १४ लाख ५७ हजार ५ सय ९३ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित ३ लाख १८ हजार २७ जना निको भइसकेका छन् । 

 त्यस्तै युकेमा कोरोनाबाट ३३ हजार ६ सय १४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ लाख ३३ हजार १ सय ५१ पुगेको छ ।  त्यस्तै स्पेनमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २७ हजार ३ सय २१ पुगेको छ भने संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय ४६ पुगेको छ ।  त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ हजार ३ सय ६८ पुगेको छ भने संक्रमितको संख्या २ लाख २३ हजार ९६ पुगेको छ । 

प्रतिक्रिया