बाँके, २ जेठ। बाँकेको खजुरा गाउँपालीका वडा नं. ३ निवासी दिना परियारलाई अन्तीम किमो चढाउनको लागी क्वानाडा बाट आर्थिक सहयोग आएको छ ।
लामो समय देखि काठमाडौको टिचिङ्ग हस्पीटलमा उपचारार्थ परियालाइ क्यानडा स्थित नेपाली लिला प्याकुरेलका छोराछोरीहरुले आफनो भुड्की फुटालेर ४० हजार सहयोग रकम पठाएका हुन । ठुलि छोरी क्रिष्ट्रिना र त्यसपछिका जुम्ल्लीया भाइबहिनीले फोक्सोमा क्यान्सर रोगको उपचार गराइ रहेकी परियारको अन्तीम किमो चढाउन आर्थिक अभाव भएको समाचार नागरिक समाज डट कम मा प्रकाशित भएपछि आफनो खाजा खर्च वचाएर जम्मा गरेको रकम पठाएको उनीहरुका बुवा लिला प्याकुरेलले जानकारी दिए ।

प्याकुरेलले रकम अभावले किमो चढाउन समस्या भन्ने समाचार छोरा छोरीलाइ देखाए पछि उक्त समाचार पढेपछि उनीहरु चिन्तीत भइ आफनो भुड्की फु्टालेर जम्मा भएको ४० हजार रकम पिडितलाइ पठाइदिन अनुरोध गरेपछि आफुले उपचारका लागी रकम पठाइ दिएको बताए । बाँकेको खजुरा निवासी प्याकुरेल परिवार विगत केहि वर्ष देखि क्यानडा वस्दै आएका छन् ।
क्वान्सर पिडित दिनालाई बचाउन सहयोगीदाताहरुको ठुलो हात रहेको दिना बचाउ अभियानकी अभियान्ता मिरा खनाल सापकोटाले बताइन । अभियान्ता सापकोटाले केहि दिन भित्र दिना डिस्सचार्ज हुने बताइन । क्पान्सर पिडित दिना खजुरामा सानो पसल राखेर लुगा सिउने काम गर्थिन ।









