भारतमा रहेका ६ सय बढी नेपाली नेपाल भित्रीए

नेपालगन्ज : लकडाउनका कारण भारतमा रोकिएका करिब ६ सय बढी नेपालीहरू नेपाल फर्किएका छन।

बिहीबार नेपालगन्जको जमुनाहा हुँदै उनीहरूलाई नेपाल भित्र्याइएको हो। भारतका विभिन्न शहरमा काम गर्दै आएका उनीहरू लकडाउनको समयमा भारतीय क्वारेन्टाइनमा बसेका थिए।

भारतीय क्वारेन्टाइनमा करिव ४५ दिन बसेका उनीहरूलाई बिहीबार दुवै मुलुकका सुरक्षा अधिकारीबीचको समन्वयमा नेपाल फर्काइएको हो। नेपालमा रहेका करिव ७ सय बढी भारतीय नागरिकलाई पनि बिहीबार भारत पठाइएको हो।

एकअर्काका देशमा क्वारेन्टाइन पूरा गरेका नागरिकलाई पठाउने र लैजाने सहमति भएपछि सोही अनुरुप उनिहरुलाई आ आफ्नो देश जाने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया